विश्व दर्शनशास्त्र दिवसमा प्रवचन हुँदै



काठमाडौं । दर्शनशास्त्र विश्वको सबैभन्दा प्राचीन चिन्तनको विधा हो । यो विधालाई सम्मान गर्दै संयुक्त राष्ट्रसंघले सन् २००२ प्रस्ताव पारित गरेर हरेक नोभेम्बर महिनाको तेश्रो बिहीवारका दिन “विश्वदर्शनशास्त्र दिवस” मनाउन आरम्भ गरेको थियो । विश्वभरिका दर्शनशास्त्री, दर्शनशास्त्र प्रेमी, स्वतन्त्रता प्रेमी, मानवतावादी तथा अन्य सरोकारवालाहरुले विभिन्न कार्यक्रम गरेर दर्शनशास्त्रको महत्व प्रकाशित पार्छन् ।
नेपालमा विश्व दर्शनशास्त्र दिवस मनाउन २०१२ देखि आरम्भ गरिएको थियो । त्यसपछि निरन्तर त्रिविवि मनोविज्ञान तथा दर्शनशास्त्र विभाग त्रिचन्द्र क्याम्पस, दर्शनशास्त्र विभाग नेपाल नेपाल प्रज्ञा प्रतिष्ठान, दर्शनशास्त्र अध्ययन केन्द्र, जरोकिलो प्रतिष्ठान नेपाललगायतका सङ्घसंस्थाहरूले अनेकौं कार्यक्रम गरेर मनाउने गरेका छन् ।

नेपालमा दर्शनशास्त्रको अध्यापन सन् १९१८ देखि त्रिचन्द कलेजमा आरम्भ भएको विश्वास गरिन्छ । तत्कालीन त्रिचन्द्र कलेज पटना विविबाट सम्वन्धन लिएर संचालनमा थियो भने वि.स. २०६६ मा त्रिविविको स्थापना भएपछि त्रिचन्द्र क्याम्पसमै प्राडा गोदत्तमान श्रेष्ठको (क्याम्पस प्रमुख) ले स्नातकतहमा दर्शनशास्त्र पढाएको इतिहास पाइन्छ ्र त्रिविविले विराट नगर, लहान, पाटन, रत्नराज्य र त्रिचन्दलाई दर्शनशास्त्र पढ्ने÷पढाउने सम्वन्धन दिएको छ भने हाल रत्नराज्य र पाटनमा वाहेक सबैतिर पठनपाठन हुन्छ ।

हालसम्म नेपालमा दर्शनशास्त्रमा एम.ए. का कक्षाहरू संचालन हुँदैनन् तर गतवर्ष त्रिविको साधारण सभाले दर्शनशास्त्रमा डिग्री–स्थापना गर्ने निर्णय गरेसंगै अर्को वर्षसम्म दर्शनशास्त्रमा स्नातकोत्तर गर्न पाइने आशा बढेको छ । दर्शनशास्त्रको मौलिक भूमिरहेको नेपालका लागि दर्शनशास्त्रको अध्ययन÷अध्यापन गर्नका लागि यो कोशेढुंगा सावित हुनेछ भने दर्शनशास्त्रमा अनुसन्धान गर्ने÷गराउने बाटो पनि खुल्ने छ ।
आज त्रिवि त्रिचन्द्र क्याम्पस र प्रज्ञाअभियानको आयोजकत्वमा “ओझेलमा परेका मानवतावादी दार्शनिक” विषयमा दर्शनशास्त्रका प्राध्यापक डा. गोविन्दशरण उपाध्यायको प्रवचन हुने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर