एमालेका सांसद नआएपछि प्रदेश एकको बैठक स्थगित, मुख्यमन्त्री राईले बुधबार विश्वासको मत लिने



विराटनगर । नेकपा एमालेका सांसद उपस्थित नभएपछि प्रदेश एकको आजको बैठक स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले तोकिएको समयभन्दा दुईघण्टा ढिलोगरी बैठक सुरु गर्दै बुधबार साढे ११ बजेसम्मका लागि बैठक स्थगन गरेका हुन् ।

बन्दका कारण आजको बैठकमा आफ्ना सांसदहरू सहभागी हुन नपाउने भन्दै एमालेले बैठक स्थगनको माग गरेको थियो । सभामुख भण्डारीले सदनमा विपक्षी सांसदहरूको उपस्थित भएको नदेखिएकाले बुधबार बस्ने बैठकमा अनिवार्य उपस्थित हुन रुलिङ गर्दै आजको बैठक स्थगन गरेका हुन् । अब मुख्यमन्त्री राजेन्द्र राईले भोलि नै विश्वासको मत लिने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए चौथो पटक विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत पाएका छन्

अर्थमन्त्री, गृहमन्त्री र सरकार हाम्रै हो : अध्यक्ष ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सानातिना घटनाले वर्तमान सत्ता समीकरणमा

रवि लामिछानेको प्रश्नः के जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ?

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले सहकारीबाट पैसा नलिएको दाबी गरेका

सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत, सरकार गठनका लागि फेरि आह्वान

सुदूरपश्चिम । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका लागि परेका दुवै दाबी अस्वीकृत