एमालेले महाधिवेशनको उद्घाटन सत्रमा चितवनबाट एक लाख जनता सहभागी गराउने



चितवन । नेकपा (एमाले) चितवन शाखाले पार्टीको १० औँ महाधिवेशन उद्घाटन सत्रमा एक लाखभन्दा बढी जनता सहभागी गराउने गरी तयारी गरिरहेको छ ।

जिल्लाका ९८ वटा वडा तहबाटै महाधिवेशन उद्घाटन सत्रमा उक्त सङ्ख्याका कार्यकर्ता सहभागी गराउनका लागि विभिन्न प्रचार र तयारीका कार्यक्रम थालेको हो । जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार जनसहभागिता गराउनका लागि जिल्लाका सम्पूर्ण पार्टी पङ्क्तिलाई परिचालन गरिएको छ ।

उद्घाटन सत्रमा भरतपुर महानगरपालिकाभित्रबाट ४० हजार, रत्ननगर नगरपालिकाबाट १६ हजार, खैरहनी र राप्ती नगरपालिकाबाट १३–१३ हजार, कालिका नगरपालिकाबाट ११ हजार, माडी र ईच्छाकामनाबाट ३–३ हजार सहभागी हुने अनुमान गरिएको छ । यसैगरी पेशागत सङ्घ सङ्गठन र अन्यबाट थप पाँच हजार हाराहारी सहभागी हुने अनुमान गरिएको छ । जिल्लामा नेकपा (एमाले)का सङ्गठित सदस्य २५ हजार छन् ।

रावलले एक सङ्गठित सदस्यले कम्तीमा चारजना ल्याउने गरी एक लाख सहभागी हुने आँकलन गरिएको जानकारी दिए । महाधिवेशन उद्घाटन सत्रमा अन्य जिल्लाबाट ठूलो सङ्ख्यामा सहभागी गराइँदै छ । पाँच लाखभन्दा बढी सहभागी गराउने जनाइएको छ ।

चितवनबाट जनपरिचालनको नेतृत्व गरेका केन्द्रीय सदस्य देवी ज्ञवालीका अनुसार जनसहभागिताका लागि प्रत्येक पार्टी र जनसङ्गठनलाई सक्रिय बनाइएको छ । यसबीचमा वडा कमिटीको बैठक, वडा र टोलटोलमा सदस्य, समर्थक र शुभेच्छुकको भेला, निमन्त्रणापत्र वितरण र प्रचार सामग्री घरघरमा पुर्याइने छ ।

पार्टीले वडा तथा पालिका कमिटीलाई आ–आफ्नो क्षेत्रभित्रको राजमार्गको सरसफाइ, स्वागतद्वार तथा घडा राखेर स्वागत गर्ने व्यवस्था गर्न समेत भनेको छ ।

मङ्सिर १० गतेदेखि १२ गतेसम्म हुने महाधिवेशन उद्घाटन सत्र नारायणी नदी किनार र बन्दसत्र सौराहामा हुँदै छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । महाधिवेशनमा एक हजार ९९९ प्रतिनिधि सहभागी हुनेछन् । विद्युतीय उपकरणबाट मतदान गरिने बताइएकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गगन युवाहरूको राजनीतिक आइकन हो, रविले आरोप पुष्टि गर्न सक्नुपर्छः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले कांग्रेस महामन्त्री गगन थापामाथि लगाएको

आहा ! पर्यटकीय गन्तव्य रारा

मुगुको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा डुङ्गा शयर गर्दै पर्यटक । तस्बिर: नृपेन्द्रबहादुर

महाकाली सिँचाइ तेस्रो चरण आयोजना मूल नहर निर्माणले पायो तीव्रता

कञ्चनपुर र कैलालीको मालाखेती क्षेत्रसम्म सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित निर्माण भएको महाकाली सिँचाइ

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न राष्ट्रिय सहमति आवश्यकः महासचिव गुरुङ

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले शान्ति