न्यायालयको समस्या छिट्टै समाधान हुनेमा सरकार विश्वस्त छः कानूनमन्त्री बडू



काभ्रे । कानून, न्याय तथा सङ्घीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले न्यायालयमा देखिएको हालको समस्या छिट्टै समाधान हुनेमा सरकार विश्वस्त रहेको बताएका छन् । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ वडा कार्यालय भवन तथा सामुदायिक स्वास्थ्य इकाइ भवनको शनिबार उद्घाटन गर्दै कानूनमन्त्री बडूले न्यायालयको विवाद ‘स्वयं स्वतन्त्र ढङ्गले’ समाधान हुनेमा सरकार विश्वस्त रहेको बताएका हुन् ।

“हालको न्यायपालिकाभित्रको समस्या समाधान स्वयं स्वतन्त्र ढङ्गले उहाँहरुले आफैंले समाधान गर्नेमा सरकार विश्वस्त छ । सरकारको चाहना पनि त्यही हो”, मन्त्री बडूले भने । न्यायलयभित्र कतिपय सुधारका विषय रहेकाले बार र बेञ्चबीचको आपसी विवाद टुङ्गिएर सद्भावतर्फ अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

“जनताले न्याय पाउने बाटो धेरै दिन अवरुद्ध हुनुहुँदैन, सरकारको आग्रह र अपेक्षा छ, लामो समय यो विवाद नबल्झियोस्”, मन्त्री बडूले भने । न्यायसम्पादनमा समस्या देखिँदै आएकाले यस क्षेत्रमा सङ्घीयता लागू भइनसकेको प्रभाव देखिएको उनले उल्लेख गरे । “न्याय क्षेत्रमा सङ्घीयता लागू भए सर्वोच्चमा आएर मुद्दा थन्किने, चाप बढ्ने र न्याय ढिला हुने अवस्था आउने छैन, अब उच्च अदालत र जिल्ला अदातलमा मुद्दालाई विकेन्द्रीकरणतर्फ लाग्नुपर्छ”, उनले भने ।

न्याय क्षेत्रमा सङ्घीयता लागू गर्दा पुस्तौनी न्याय खोज्नेलाई राहत मिल्ने उल्लेख गर्दै मन्त्री बडूले वर्तमान संविधानअनुसार जनतालाई छिटोछरितो र सर्वसुलभ न्याय प्रदान गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, “अब मुद्दा दायर भएपछि कति समयमा छिनोफानो हुने भन्ने बनाउनुपर्छ ।”

फरक प्रसङ्गमा मन्त्री बडूले बृहत् शान्तिसम्झौता पूर्ण नभएकाले सरकारले यस विषयलाई पहिलो दायित्वअन्तर्गत प्राथमिकतामा राखेको बताए । “सत्यनिरुपण तथा मेलमिलाप आयोगलाई पूर्णता दिनुपर्छ, अब यो समय थपेर जाने विषय हैन, मुलुकमा पीडित र पीडकबीच मेलमिलापको वातावरण बनाउनुपर्छ”, उनले भने । समाजमा मेलमिलापको आवश्यकता खड्किएको उल्लेख गर्दै मन्त्री बडूले आन्दोलनका दौरान कसले पीडा दियो, को पीडित बन्यो छानविन भई परिपुरणसहित मेलमिलाप हुुनुपर्ने बताए ।

“राज्य पक्षबाट वा आन्दोलनरत पक्षबाट जसबाट पीडित भएपनि पीडा पाउने आँखिर नेपाली नागरिक नै थिए”, उनले भने । बेपत्ता भएका परिवारको पीडा दर्दनाक भएको उनको भनाइ थियो ।

उनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसद्प्रति इमान्दार नभएको आरोप लगाए । “एमाले इमान्दार र सहयोगी नबन्दा अबका कानून फेरि विधेयकमार्फत ल्याउनुपर्ने बाध्यता आउने स्थिति छ”, मन्त्री बडूले भने । सो अवसरमा मन्त्री बडूले भवन निर्माणका लागि सहयोग गर्ने जग्गादाता तथा अन्य सहयोगीलाई सम्मान गरेका थिए ।

कार्यक्रममा पूर्वराज्यमन्त्री कञ्चनचन्द्र वादे, नेपाली काँग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्य, बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद तिमल्सिना, काँग्रेस नेताद्वय इन्द्रमणि अधिकारी र भगवान् अधिकारी, नेकपा (एमाले)का नेता वेदप्रसाद तिमल्सिना, नेकपा (माओवादी केन्द्र)का नेता बोधनाथ तिमल्सिनालगायतले विकासमा अस्वस्थ प्रतिस्पर्धा नगर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो: तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास

चार लाख धरौटी बुझाउन नसकेपछि दीपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा चार लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि पूर्वउपराष्ट्रपति