वडा र पालिका अधिवेशन पुनः गर्न कांग्रेस डडेल्धुराका सभापतिको माग



काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले जिल्लाका वडा र पालिका अधिवेशन पुनः गर्न माग गरेका छन् ।

काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरी मल्लले आफूहरुको माग सम्बोधन नभए मंसिर १ गतेदेखि पार्टी केन्द्रीय कार्यालयमा अनसन बस्ने चेतावनी दिएका छन् । पत्रकार सम्मेलनमा सभापति मल्लले अब बस्ने पार्टी केन्द्रीय कार्य समितिको बैठकले आफूहरुको माग सम्बोधन नगरे केन्द्रीय कार्यालयमै अनसन सुरु गर्ने बताए ।

उनले पार्टी जिल्ला कार्य समितिले स्थगन गर्न लिखित रुपमै पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय निर्वाचन समितिलाई लिखित रुपमै उजुरी गर्दा पनि त्यसको सुनुवाई नभई सत्ता र शक्तिको दुरुपयोग गरेर वडा र पालिका अधिवेशन गरिएको उनले बताए ।

सभापति मल्लले केन्द्रीय निर्वाचन समितिले पनि सभापति देउवाको निर्देशनमा आफूहरुको मागको सुनुवाई नगरेको भन्दै आक्रोश व्यक्त गरे । उनले सबै जिल्लामा जिल्ला कार्य समितिको निर्देशन अनुसार वडा तथा पालिका भएका तर डडेल्धुरामा भने नभएको बताए ।

सभापति मल्लले क्रियाशील सदस्यताको विवाद समाधान नभई आफ्नो जिल्लामा गरिएका वडा तथा पालिका अधिवेशनहरु मान्य नहुने बताए । नेपाली काग्रेसका वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा अधिवेशन भइरहेको छ भने अन्य जिल्लामा यसअघि नै भइसकेको छ । कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लागुऔषधसहित १२ जना पक्राउ

काठमाडौँ । देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ परेका छन्। मकवानपुर,

दैनिक हुने प्रदर्शनका कारण काठमाडौँ उपत्यकामा सहज ढङ्गले सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती

काठमाडौँ । नेपाल शिक्षक महासङ्घ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनका कारण काठमाडौँ

पूर्वउपराष्ट्रपति पुनलाई राजनीतिमा फर्किन संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्पराले रोक्दैनः प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई राजनीतिमा

संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा समिति निर्माण गर्ने

काठमाडौँ । संवैधानिक राजसंस्था र सनातन हिन्दू अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि भन्दै