आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र अब नर्सिङ पढाउन पाउने



काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) ले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको छ ।

परिषद्का अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा हालै बसेको बैठकले मापदण्ड पूरा गरेका कलेजलाई मात्र भर्ना खुला गर्ने निर्णय गरेको हो । परिषद्को निर्णयसँगै स्थगित गरिएको नर्सिङको भर्ना प्रक्रिया अघि बढ्ने सीटीइभिटीका सदस्यसचिव जीवनारायण काफ्लेले जानकारी दिए ।

आफ्नै १०० शय्याको अस्पताल भएका निजी शिक्षण संस्थामा पनि विद्यार्थी भर्ना लिन चिकित्सा शिक्षा आयोगले अनुमति दिइसकेको छ । ऐनको प्रावधानअनुसार मापदण्ड पुगेका शिक्षण संस्थामा तत्काल विद्यार्थी भर्ना लिएर शैक्षिक सत्रअघि बढाउने निर्णय भएको काफ्लेले बताए ।

परिषद्तहका १०९ मध्ये २४ शिक्षण संस्थाले मात्रै यी दुई मापदण्ड पूरा गरेका छन्  । ती २४ वटा कलेजमध्ये १७ वटा निजी कलेज हुन् भने ७ वटा आङ्गिक कलेज हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल इन्जिनियरिङ कलेजको सहायक प्राचार्यमा केसी नियुक्त

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक)को सहायक प्राचार्यमा सह–प्राध्यापक मोहनध्वज केसी नियुक्त भएका

कलेक्सन रिपोर्टमा निर्माण पक्षको असन्तुष्टि, मोफसलका २० हलबाट ‘पूर्णबहादुरको सारंगी’ उतार्ने

काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’ फिल्मका निर्माताले प्रदर्शकले उपलब्ध गराएको कलेक्सन रिपोर्टमा असन्तुष्टि व्यक्त

मकवानपुरमा चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ

बागमती । चोरीका सुनचाँदीका गरहनासहित मकवानपुर प्रहरीले शुक्रबार दुई जनालाई पक्राउ गरेको छ

डिजेल र मट्टितेलको मूल्य वृद्धि

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ ।