निगमको टिकटबाटै अब युरोप, अष्ट्रेलिया र एशियाका गन्तव्यमा हवाई यात्रा गर्न पाइने



काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को टिकटबाट युरोप, अष्ट्रेलिया र एशियाका विभिन्न गन्तव्यमा हवाईयात्रा गर्न पाइने भएको छ ।

नेपाल एयरलाइन्सले सिधा उडान नहुने गन्तव्यमा उडानका लागि विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेसँगै यस्तो सुविधा पाइने भएको हो । सम्झौताअनुसार अब युरोपका विभिन्न शहर, अष्टेलियाको सिड्नी, दक्षिण कोरियाको सोल, कुवेत र बहराइनसम्म यात्रा गर्न सकिने निगमले जनाएको छ ।

निगमका प्रवक्ता करिश्मा श्रेष्ठले सम्झौताबाट एक अर्का वायुसेवाका क्षेत्रमा यात्रुलाई सेवा प्रदान गर्न सहज हुने बताइन् । सकेसम्म कम ट्रान्जिट समय प्रयोग गरी गरिएको सम्झौतामार्फत यात्रुलाई थप सहजता मिल्ने उनको भनाइ छ ।

टिकटसम्बन्धी नयाँ व्यवस्थाले निगमलाई थप आय हुने र अन्तर्राष्ट्रिय बजारमा नेपाल एयरलाइन्सको साख बढ्ने निगमको अपेक्षा छ । टिकट निगमको केन्द्रीय कार्यालय र ट्राभल एजेन्सीबाट काट्न सकिने निगमले विज्ञप्तिमार्फत जनाएको छ ।

यसका साथै निगमले अमेरिकाका विभिन्न शहरमा यस प्रकारको सम्झौताबाट यात्रुलाई सेवा प्रदान गर्न विभिन्न वायुसेवासँग समन्वय गरिरहेको पनि जानकारी दिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशन तथा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सुझाव र सक्रियतामा निगमले विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीसँग द्विपक्षीय सम्झौता गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बन्द भएको ६ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

भोजपुर । उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु भएपछि यात्रुमा

बागलुङमा सुन्तला खेतीप्रति आकर्षण बढ्दै, यसवर्ष १८ करोडको बिक्री

  ढोरपाटन (बागलुङ) ।  पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने

  काठमाडौँ । एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई

भूकम्प प्रभावित क्षेत्रमा क्षति आँकलन र स्थायी आवास लाभग्राही पहिचान गरिने

काठमाडौं । सरकारले भूकम्प प्रभावित क्षेत्रमा क्षति आकलन र स्थायी आवास लाभग्राही पहिचानको