इजलास बहिष्कार हुनुको कारण नै प्रधानन्यायाधीश भएको आन्दोलनरत कानुन व्यवसायीहरुको आरोप



काठमाडौं । कानुन व्यवसायीहरुले न्यायपालिकाको गरिमा जोगाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा एकमात्र विकल्प भएको बताएका छन् । सोमबार नेपाल बार एसोसिएसनले आयोजना गरेको विरोध कार्यक्रममा उनीहरुले प्रधानन्यायाधीश जबराका कारण न्यायपालिका संकटमा परेको बताएका हुन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानन्यायाधीशको गैरन्यायिक आचरणका कारण आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको बताए । उनले प्रधानन्यायधीशका कारण नै आज न्यायालयले सम्मान गुमाएको बताए ।

उनले भने,‘प्रधानन्यायाधीशबाटै न्यायपालिकालाई खतरा छ । उहाँको व्यवहारले नै अहिलेको परिस्थिति सृजना भएको हो । इजलास बहिष्कार हुनुको कारण नै प्रधानन्यायाधीश हो।’ संवैधानिक प्रकृयामा गएर महाअभियोगबाट हटाउने टाढाको कुरा भएको भन्दै त्रिपाठीले प्रधानन्यायाधीशले इजलासनै चलाउन नसक्ने स्थिति आइसकेकाले नेतृत्वमा बस्न नसुहाउने बताए।

उनले भने, ‘न्यायापालिका कोल्याप्स हुनु भनेको संविधान कोल्याप्स हुनु हो र राज्य कोल्याप्स हुनु हो । उहाँ जस्तो असक्षम र भ्रष्ट प्रधानन्यायाधीश अहिलेसम्म कोही पनि भएन । संवैधानिक निकायमा आसेपासे भरौटेलाई नियुक्त गर्नुभयो। मन्त्रिपरिषदमा भाग खोज्ने काम गर्नुभयोे।’

उनले प्रधानन्यायाधीशले राजीनामा नदिए देशभरका अदालतमा आन्दोलन अघि बढ्ने बताए । नेपाल बार एसोसिएसनका उपाध्यक्ष ईश्वरी प्रसाद भट्टराईले न्यायपालिकाको गरिमा, स्वतन्त्रताका विषयमा झण्डै साढे २ वर्षदेखि आन्दोलन गरिरहेको बताए ।

न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदनका आधारमा गोलाप्रथा लागू गर्ने कुरादेखि लिएर विभिन्न विषय उठान गरिएको तर ती विषयमा पनि केही ध्यान नदिएको बताए । उनले प्रधानन्यायाधीश राणाले न्यायाधीशहरूको विश्वास जित्न नसकेको पनि बताए । देशभर नै आन्दोलनलाई अघि बढाएर लैजाने विषयमा छलफल गरिरहेको र बार एउटा निर्णय गरेर अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा