प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सुरु गरेको आन्दोलनमा सहभागी हुन नेपाल बारको आह्वान



काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सुरु गरेको आन्दोलनलाई निरन्तरता दिने भएको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै पहिलो चरणको विरोध सकेर दोस्रो चरणको तयारीमा रहेको बारले सोमबार बिहान साढे १० बजे आन्दोलनमा ऐक्यवद्धता जनाउन उपस्थितिका लागि अनुरोध गरेको हो । बारले हातमा कालोपट्टी बाँधेर कात्तिक १४ गतेदेखि १७ गतेसम्म विरोध प्रदर्शन गरेको थियो ।

यसैबीच, बारले आइतबार आगामी आन्दोलनका कार्यक्रमबारे इकाईका पदाधिकारीसँग छलफल गरेको छ । नेपाल बारका महासचिव लिलामणि पौडेलका अनुसार आइतबार २५ इकाईका २९ जना पदाधिकारीको सुझाव लिइएको छ ।

सोमबार पनि बारका इकाईका पदाधिकारीबाट सुझाव लिने क्रम जारी रहनेछ । इकाईका पदाधिकारीले न्यायालय सुधारका लागि प्रधानन्यायाधीशको राजीनामा एकमात्र विकल्प भएको सुझाव दिएका पौडेलले जानकारी दिए । प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा न्यायिक विचलन ल्याएको भन्दै सर्वोच्चका १९ न्यायाधीशले पनि इजलास बहिष्कार गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यी हुन् ट्राफिक प्रहरी जवान घिमिरेको हत्या आरोपी

काठमाडौँ । ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक

राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक यही जेठ ११

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छः महासचिव पोखरेल

  दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्ने बताएका

प्रतिनिधिसभा बैठक दिउँसो दुई बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठकको समय सारिएको छ । आज बिहान ११ बजेका लागि