जनतालाई न्यायबाट बन्चित गर्ने कार्य तत्काल बन्द गर्न परिषदको आग्रह



काठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद नेपालले न्यायालय निरन्तर संचालन गरी जनतालाई न्याय प्रदान गर्न/गराउन आग्रह गरेको छ । परिषदका अध्यक्ष केवि राउतले शुक्रबार विज्ञप्ति जारी गरी न्यायालयलाई बन्धक बनाई जनतालाई न्यायबाट बन्चित गर्ने कार्य तत्काल बन्द गर्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ,‘राजनीतिमा आफ्नो व्यक्तिगत आस्था हुन सक्दछ तर अदालत जस्तो राष्ट्रको सर्वोच्च संस्थाको गरिमामय सार्वजनिक पद धारण गरेका न्यायमुर्तीहरू राजनीतिक भागबण्डामा नियुक्ति हुने गरेको छ । वहाल रहेको समयमा पनि स्वतन्त्र र निष्पक्ष भई नैतिकतामा आँच नआउने गरि कर्तव्यनिष्ठ तरिकाले राष्ट्र, राष्ट्रियता र जनताको हितमा काम गर्नु पर्नेमा जनभावना विपरित कार्य गरिरहेको तमाम गतिविधिले देखाएको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई भन्दा दलगत, गुटगत र आर्थिक लेनदेनमा निर्लिप्त भइ देश र जनता विरोधी राष्ट्रिय/अन्तराष्ट्रिय तत्वहरूलाई महत्व दिने, राजनीतिक दल, व्यापारी तथा अदालतमा साँठगाँठ मिलाई राष्ट्र र राष्ट्रियता विरूद्ध जनतालाई प्रत्यक्ष असर पार्ने खालका निर्णयहरू गर्नु गराउनु जस्ता कार्यहरू खेदजनक छन् । यस्ता कार्यहरू प्रति पूर्वसुरक्षाकर्मी परिषद नेपालको आपत्ति छ ।’

परिषदले जनतालाई न्यायबाट बन्चित बनाउने कार्यले निरन्तरता पाइरहे आमनागरिकलाई आव्हान गरि थप कडा कदम चाल्ने चेतावनीसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खोकनामा चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१ खोकनामा भएको चोरी

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौं । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंमा

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको मृत्यु

तनहुँ । तनहुँको बन्दीपुर–२ बट्टारस्थित सुलेरहमा आज पौडी खेल्ने क्रममा डुबेर दुई युवाको

मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा निर्मित ‘भ्युस्टेसन’ आन्तरिक तथा बाह्य पर्यटकको