विवेकशील साझाको केन्द्रीय समिति १२४ सदस्यीय हुने निर्णय आयोगद्वारा अद्यावधिक



काठमाडौं । निर्वाचन आयोगले रवीन्द्र मिश्रलाई कार्यकारी अधिकार दिने विवेकशील साझा पार्टीको पछिल्लो केन्द्रीय समितिको निर्णयलाई अद्यावधिक गरेको छ ।

विवेकशील साझा पार्टीले नयाँ विधान र केन्द्रीय समिति सदस्य १२४ सदस्यीय हुने विषय आयोगले अद्यावधिक गरेको हो । मिश्रको अध्यक्षतामा बसेको बैठकले नयाँ विधान र केन्द्रीय सदस्य संख्या १२४ बनाउने निर्णय गरेको थियो।

विवेकशील र साझा पार्टी एकीकरण हुँदा १३० सदस्यीय केन्द्रीय कमिटी बनाउने उल्लेख थियो । नयाँ विधान र केन्द्रीय समिति सदस्यबारे आयोगलाई पत्राचार गरेर जानकारी गराइएको र बुधबार आयोगले अद्यावधिक गरेको प्रवक्ता शरदराज पाठकले जानकारी दिएका छन् ।

उनकाअनुसार अब पार्टीको कामकारबाही अघि बढाउन कुनै कानुनी अवरोध हुने छैन। विवेकशील साझामा अध्यक्ष मिश्र र संयोजक मिलन पाण्डे छन्।

संयोजक पाण्डेले भने मिश्रलाई एकलौटी हिसावले केन्द्रीय समिति बैठक गर्ने अधिकार नभएको बताइरहेका छन् । संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमतसंग्रहबारे मिश्रले राखेको प्रस्ताव उनीपक्षका केन्द्रीय सदस्यहरूले पारित गरेका थिए भने उक्त बैठकमा पाण्डे पक्षका केन्द्रीय सदस्य उपस्थित थिएनन् । पछिल्लो समय अध्यक्ष मिश्र र संयोजक पाण्डे पक्षबीच एक–अर्को प्रस्ताव ल्याउने र भिन्नभिन्न केन्द्रीय समिति बैठक बस्ने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

कतारी अमिरको भ्रमणबाट दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको छः उर्जामन्त्री बस्नेत(अन्तरवार्ता)

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय

बागमती प्रदेशसभाको अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमतीे प्रदेशसभाको चालु अधिवेशनको बैठकको आज