प्रतिक्रियावादीहरु माओवादी होइन, प्रचण्ड सिध्याउने षड्यन्त्रमाः प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले अन्तर्राष्ट्रिय र देशभित्रका प्रतिगामी शक्ति आफूलाई सिध्याउने षड्यन्त्रमा लागेको बताएका छन् ।

नेवा राष्ट्रिय मुक्ति मोर्चाले बिहीबार नेपाल संवतका अवसरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले जनतामा माओवादीप्रति उभार आउन थालेपछि उनीहरु आत्तिएको बताएका हुन् । उनले भने, ‘माओवादी केन्द्र सिध्याउन प्रचण्ड सिध्याउनुपर्छ भनेर प्रतिक्रियावादीहरु लागेका छन् । अन्तर्राष्ट्रिय र देशभित्रका प्रतिक्रियावादीहरु प्रचण्डलाई हराउनैपर्छ भन्नेमा छन् । तर त्यो गलत हो । हामीलाई व्यक्ति हारजितको ठूलो कुरा होइन लाग्छ । जनताको पक्षमा काम गर्न नयाँ संकल्पका साथ लागेका छौं । यसरी सक्रिय भयौं भने आगामी चुनावबाट देशको नेतृत्व लिन सक्छौं भन्ने छ ।’

उनले माओवादी नभइ देश र जनताले सुख नपाउने दाबी गरे । उनले पहिचानको लडाइँमा पार्टी र नेता कार्यकर्ता चुकेको भन्दै यसको बहसलाई अगाडि बढाउन आग्रह गरे । उनले परेदेखि जस्तोसुकै संघर्षका लागि तयार रहेको र पार्टीलाई समाजवादी क्रान्तितर्फ लैजाने योजना रहेको बताए । उनले माओवादी केन्द्र अरु पार्टी जस्तो नभएको बताए ।

उनले भने,‘माओवादी अर्कै जातको हो । हामी शिथिल हुँदा प्रतिक्रियावादीहरुले टाउको उठाए । प्रतिगमन नै गर्न खोजियो । हेर्दाहेर्दै हामी त्यस्तो जनयुद्ध गरेको, संविधानसभा गराएको शक्ति जिउँदै हुँदा हुँदै हेर्नुस् त परिवर्तन उल्ट्याउन लागेको । यसकाविरुद्ध हामी लड्नै पर्छ । जस्तोसुकै अप्ठ्यारो आएपनि लडाइँलाई आगाडि आउनुपर्छ भनेर प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा आयौं । हामीहरुलाई के चेतना आयो त भन्दा जनता परिवर्तनका उपलब्धिको रक्षाका लागि तयार छन् भन्ने सन्देश आयो । र जनता उत्रिएपछि प्रतिगनकारी परास्त हुन्छन् भन्ने सन्देश पनि गयो ।’

अहिले षड्यन्त्र सिद्धियो र हामीले पूरै जित्यौं भन्ने अवस्था नरहेको भन्दै उनले षड्यन्त्र परास्त गर्न माओवादी बलियो र जनतासँगको सम्बन्ध सुदृढ हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यी हुन् ट्राफिक प्रहरी जवान घिमिरेको हत्या आरोपी

काठमाडौँ । ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक

प्रतिनिधिसभा बैठक दिउँसो दुई बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठकको समय सारिएको छ । आज बिहान ११ बजेका लागि

संसदीय समितिको ‘टिओआर’ नटुंगिदासम्म संसद् सञ्चालन नगर्न प्रतिपक्षी दलको आग्रह

काठमाडौं । विपक्षी दलहरुले संसदीय छानबिन समिति गठनसम्बन्धी कार्यदलको कार्यक्षेत्रमा सहमति नभएसम्म बैठक

गृहमन्त्रीलाई सदनमा बोल्न दिने र त्यसपछि परिस्थिति हेरेर अघि बढ्ने विपक्षी दलहरुको निर्णय

काठमाडौँ । विपक्षी पाँच दल गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिन सहमत भएका