आरटी–पिसिआर परीक्षणको शुल्क अब १२ सय रुपैयाँमा मात्र



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने युवाका लागि आवश्यक पर्ने आरटी–पिसिआर परीक्षणबापतको रकम अब एक हजार २०० रुपैयाँ मात्रै लिन पाइने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिने नेपाली यात्रुबाट कोभिड–१९ परीक्षण गरेबापत लिइँदै आएको आरटी–पिसिआर परीक्षणको शुल्क घटेको हो ।

वैदेशिक रोजगारीमा जाने युवाले अनिवार्य गर्नुपर्ने उक्त परीक्षणको शुल्क बढी लिइएको गुनासो व्यापक रुपमा बढेपछि शुक्रबार अन्तर्राष्ट्रिय विमानस्थलमा अनुगमनमा गएका मन्त्री आलेले रोजगारीका लागि तेस्रो मुलुक जाने युवाहरुबाट लिइँदै आएको आरटी–पिसिआर परीक्षणको शुल्क दुई हजार बढी भएको र तत्काल घटाउन निर्देशन दिएका थिए ।

मन्त्री आलेको निर्देशनपछि आरटी–पिसिआर परीक्षणको शुल्क प्रयोगशालाले एक हजार २०० रुपैयाँ मात्रै लिन पाउने व्यवस्था कायम गरिएको छ ।

त्यसअघि उक्त परीक्षणबापत प्रयोगशालाले दुई हजार लिने गरेको यात्रुको आरोप थियो । मन्त्री आलेले आरटी–पिसिआरको शुल्क घटाउन व्यवस्था गर्न निर्देशन दिएसँगै शुल्क घटेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन विभाग प्रमुख सुरेशप्रसाद खनालले जानकारी दिए ।

विमानस्थल परिसरभित्र स्टार अस्पताल, टिजी मेडिसिन डिष्ट्रिब्युटर्स प्रालि, क्रिस्टल डाइग्नोष्टिक प्रालि, अल्फा हेल्थ केयर एन्ड डाइग्नोष्टिक, क्लिनिकल एन्ड मोलिकुलर जेनेटिक, कोरोना ट्रेडिङ कम्पनी, सिद्धि पोलिक्लिनिक र विध ल्याबले पिसिआरका लागि नमूना सङ्कलन गर्दै आएका थिए ।

अन्तर्राष्ट्रिय गन्तव्यमा उड्नुअघि अधिकांश मुलुकले नेपालबाट उड्नुभन्दा अघिको विभिन्न समय तोकेर नेगेटिभ आरटी–पिसिआर रिपोर्ट अनिवार्य साथैमा बोक्नुपर्ने नियम लागू गरेकाले नेपालले ४८ घन्टाअघिको पिसिआर रिपोर्ट अनिवार्य गरेको छ । यसका लागि विमानस्थलको गोल्डनगेटसँगको आइएमएस बिल्डिङमा आठवटा प्रयोगशालाले नमूना सङ्कलन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यी हुन् केयुको उपकुलपतिका १० प्रतिस्पर्धी

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरिएको

कञ्चनजङ्घा आरोहणको ७० वर्षः ‘हीरक महोत्सव’ हुने

फुङ्लिङ । कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहण भएको ७० वर्ष पुगेको उपलक्ष्यमा ‘कञ्चनजङ्घा

दुई तिहाइको सरकारलाई अध्यादेशको जरुरी छैनः शेखर कोइराला

  भक्तपुर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अध्यादेशबाट देश चलाउन खोज्नु

धरानमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु

धरान । बराहक्षेत्र नगरपालिका–१ स्थित कोशीपुलमा भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ