नेपाली सेना र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यास सुरु



काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच विपद् व्यवस्थापनसम्बन्धी संयुक्त अभ्यास ‘एक्स् टिक नेल २०२२’ सुरु भएको छ । सेनाको छाउनीस्थित रेञ्जर गणमा सुरु भएको अभ्यासमा सेनाको खोज तथा उद्धार कार्यमा संलग्न हुने ५० र अमेरिकी सेनाका २० सैनिकको सहभागिता छ ।

काठमाडौँ, पोखरा र अन्नपूर्ण बेस क्याम्प इलाकामा सञ्चालन हुने तालिममा जल, उच्च पहाडी र हिमाली क्षेत्रमा खोज एवं उद्धारका विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त अभ्यास मङ्सिर १४ गतेसम्म सञ्चालन हुनेछ ।

अभ्यास सुभारम्भ कार्यक्रममा सेनाको विशेष फौजका बाहिनीपति सहायक रथी ध्रुवप्रकाश शाह र अमेरिकी राजदूतावासका प्रशान्त सहयोग टोली, सैनिक प्रतीरक्ष सहयोग कार्यालयका प्रमुख तथा सेनाका रथीवृन्द तथा अधिकृत उपस्थित थिए ।

संयुक्त तालिमबाट दुवै देशका विपद् व्यवस्थापन कार्यमा संलग्न फौजमा जल, उच्च पहाडी र हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धारसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ । तालीमबाट दुई देशबीचका मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने नेपाली सेनाल विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
न्याय मर्नेछैन रविन्द्र दाइ !

तपाईंको असल नियत र इमानदारीतामा कुनै शंका छैन । तपाईंसँग हजार असहमति राख्नेहरुले

बेनी–दरवाङ सडकः आठ वर्षमा १७ किलोमिटर कालोपत्र

म्याग्दी । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक

बल्ल उठ्यो भूकम्पले थलिएको लाप्राक

गाेरखा जिल्लाकाे उत्तरी भेगमा पर्ने लाप्राक क्षेत्रकाे धार्चे गाउँपालिका-४ स्थित गुप्सीपाखामा अवस्थित लाप्राक

लुम्बिनीमा एक महिनामा ४०२ दुर्घटना, ३६ जनाको मृत्यु

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेशमा एक महिनामा चार सय दुईवटा दुर्घटना भएका छन्