चाडबाडका समयमा भीडभाड नगर्न सरकारको आग्रह



काठमाडौं । केन्द्रीय सुरक्षा समितिकोे अनौपचारिक बैठकले चाडबाडका समयमा भीडभाड बढ्न सक्ने भएकाले कोभिड–१९ को जोखिमबाट बच्न स्वास्थ्य र सुरक्षाका मापदण्डलाई व्यवस्थितरूपमा कार्यान्वयन गराउने निर्णय गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा सोमबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको बैठकले सबै सम्बन्धित मन्त्रालय र निकायलाई मापदण्डलाई थप सजगताका साथ पालना गराउन आग्रह गर्ने विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि निरौलाले जानकारी दिए । उनले लापरबाही गर्दा कोभिड बढेका विगतका अनुभवबाट पाठ सिक्नुपर्ने जनाउँदै हाल निषेधाज्ञा वा कुनै आदेश जारी भने नहुने बताए ।

बैठकमा रक्षामन्त्री डा मीनेन्द्र रिजाल, परराष्ट्रमन्त्री डा नारायण खड्का, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सामान्य प्रशासन तथा सङ्घीय मामिलमन्त्री राजेन्द्र श्रेष्ठ, विभिन्न मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्लाहीको धनकौल-६ का वडाध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिका–६ का वडाध्यक्षसहित नौ जनाविरुद्ध

खुम्बु क्षेत्रमा भारी हिमपात

सोलुखुम्बु । उच्च हिमाली क्षेत्र खुम्बुमा आइतबारदेखि लगातार भारी हिमपात भइरहेको छ। हिमपातका कारण पर्यटक

रातो मच्छिन्द्रनाथको रथारोहण (तस्बिरहरू)

ललितपुर । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ सोमबार ललितपुरस्थित मच्छिन्द्र बहालबाट बाजागाजासहित

सुस्ताको झोलुङ्गे पुल जोखिममा

नवलपरासी। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित झोलुङ्गे पुल जोखिममा रहेको छ । झोलुङ्गे