बेन्च नबस्दा सर्वोच्चमा मुद्दाको सुनुवाइ प्रभावित



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दाको सुनुवाइका लागि शुक्रबार आठ वटा इजलासमा पेसी तोके पनि कुनै पनि बेच्न बसेर सुनुवाइ हुन सकेन । पेसी तोकिएकोमा प्रधानन्यायाधीश राणा र न्यायाधीश डा कुमार चुडालको संयुक्त इजलास तोकिएको थियो ।

उक्त मुद्दाको सूचीमा ‘हेर्न नभ्याइएको’ भनेर जनाइएको छ भने बाँकी पेसीमा ‘बेच्न बस्न नसकेको’ भनेर जनाइएको छ । आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायलयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो । सोमबारदेखि त मुद्दाको सुनुवाइ पूरै प्रभावित भएको छ ।

गत सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) को बैठक बसेर समस्याको समाधान गर्ने भनिए पनि उक्त बैठक बस्न सकेन । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशहरूलाई संविधान र कानून बमोजिम आआफ्नो जिम्मेवारी पूरा गर्न आग्रह समेत गरेका छन् ।

अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । जसले गर्दा पालोमा टाढाटाढाबाट आएका सेवाग्राहीहरू मर्कामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रातो मच्छिन्द्रनाथको रथारोहणपछिको हर्ष बढाइँ(फोटोफिचर)

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बिहीबार रथारोहण गरिएको छ ।

मधेश प्रदेशमा आगलागीबाट १९ जनाको मृत्यु

जनकपुरधाम । मधेश प्रदेशमा विगत १० महिनामा आगलागीबाट १९ जनाको अकालमा मृत्यु भएको

नेपाल प्रहरीका डीआइजीद्वय जोशी र ढकाल एआइजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका डीआइजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई डीआइजीमा बढुवा

‘मार्किङ पोल’ ढलेपछि मनास्लु पदमार्गमा पर्यटकलाई समस्या

गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रअन्तर्गत माथिल्लो मनास्लु पदमार्गका विभिन्न ठाउँमा राखिएका ‘मार्किङ