एमाले महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि सहभागी हुने



काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि सहभागी हुने भएका छन् । बिहीबार बसेको स्थायी कमिटी बैठकले १५३६ जना प्रतिनिधिहरू सहभागी गराउने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीकाअनुसार हरेक निर्वाचन क्षेत्रबाट १५ सयजना पार्टी सदस्यबाट ३ जना प्रतिनिधि छनोट हुने छन् । भूगोल कमिटीहरूबाट कुल ११९६ जना प्रतिनिधि छनोट हुनेछन् ।

बाँकी गैरभूगोलबाट ३४० जना गरी कुल १५३६ प्रतिनिधि छनोट गरिने ज्ञवालीले जानकारी दिए । महाधिवेशनमा ५१ प्रतिशत समावेशी अनि ४९ प्रतिशत खुल्लाबाट प्रतिनिधित्व गर्ने र विधानतः महिलाको प्रतिनिधित्व अनिवार्य गरिनुपर्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए । आजको स्थायी कमिटीको निर्णयलाई शुक्रबारको केन्द्रीय कमिटीबाट अनुमोदन गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पार्टी फुटले सरकारलाई कुनै असर गर्दैन : उपप्रधानमन्त्री यादव

भक्तपुर ।  उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले जनता समाजवादी पार्टी नेपालको 

‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण

म्याग्दी ।  म्याग्दीको मालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको ‘भाले बास्ने’ ताल पदमार्गले

संसदीय समितिको मागका पछाडि गृहमन्त्रीको राजीनामाको खेल छः केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति

दरबारमार्गबाट ९८ लाख नगदसहित पक्राउ परेकाहरु हुन्डी र सुन कारोबारमा पनि संलग्न

  काठमाडौँ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्रोत नखुलेको ९८ लाख