कोभिडविरुद्धको खोप लगाउने सरकारी लक्ष्य पूरा गर्ने दिशामा केन्द्रित हुन प्रधानमन्त्रीको निर्देशन



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको अन्त्यसम्ममा सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा गर्ने दिशामा अगाडि बढ्न निर्देशन दिएका छन् ।

बिहीबार बिहान बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकमा प्रधानमन्त्री देउवाले खोप लगाउन योग्य सबै नागरिकलाई खोप दिने प्रबन्ध गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेका अनुसार प्रधानमन्त्रीले समन्वय केन्द्र, स्वास्थ्य मन्त्रालय र सम्बन्धित सबै निकायलाई खोपको सुनिश्चितताका लागि निर्देशन दिएका छन् । बैठकमा प्रधानमन्त्रीले भने, ‘खोपमा कुनै कमी नहोस् । दाताहरुसँग त्यहीअनुसार मागौँ, आग्रह गरौँ । बरु आफै खरिद गरौँ । तर, सबै नागरिकलाई सकेसम्म निःशुल्क लगाउने व्यवस्था गरौँ ।’

कोभिड संकट व्यवस्थापनसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि सरकारले आदेश जारी गर्दै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र गठन गरेको थियो । बैठकमा केन्द्र र स्वास्थ्य मन्त्रालयको तर्फबाट प्रस्तुतीकरण गरिएको थियो ।

बैठकमा स्वास्थ्य मन्त्रालयकातर्फबाट असोज मसान्तसम्ममा एक चौथाइ जनसंख्यालाई खोप उपलब्ध गराउने सरकारी लक्ष्यमा पहिलो डोज पाउने नागरिकको तथ्यांकले कभरेज गरेको बताइएको थियो ।

फाइजर एक लाख डोज आइसकेको र चीनबाट भेरोसेल ४० लाख डोज आउँदै गरेको जानकारी मन्त्रालयले दिएको थियो । अन्य दाताबाट पनि खोप आउने क्रममा रहेको बैठकमा जानकारी दिइएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल जनसंख्याको ३४ प्रतिशतले कोभिडविरुद्ध खोपको पहिलो मात्रा पाएका छन् भने २२ प्रतिशतले दुवै मात्रा खोप लगाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रतिपक्षीको विरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

  काठमाडौँ । प्रतिनिधिसभाको बैठकलाई विधि र प्रक्रियाअनुसार चलाउनुपर्ने माग राख्दै प्रतिपक्षी दलका

भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने जसपा नेपालको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ

सरकारले संसदलाई ‘मिनीमाइज’ गरिरहेको छः प्रमुख सचेतक पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदको अपहेलना गरिरहेको

‘ गृहमन्त्रीले आफैंले कमान्ड गरेको प्रहरीको सुरक्षा दिन सक्दैन भने नेपाली युवा देशमा किन बस्ने ?’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल प्रहरीको सुरक्षा गर्न नसकेको