राजाले बनाएको प्रधानमन्त्री भन्दापनि जनताले चुनेको नेताले नेतृत्व गर्छ भन्ने गणेशमानको सन्देश महत्वपूर्णः नेता सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्रका निम्ति आफ्नो जीवनकालभरि संघर्ष गरेका लौहपुरुष गणेशमान सिंहले नागरिक सर्वोच्चताका लागि व्याक्तिगत स्वार्थलाई गौण राखेको बताएका छन् ।

मंगलबार गणेशमान सिंह फाउण्डेसन वीर गणेशमान सिंह स्पोर्टस् कमिटीले आयोजना गरेको ‘नेशनल टेनिस टुर्नामेण्ट–२०२१’ को   उद्घटन गर्दै नेता सिंहले नेपाली राजनीतिले गणेशमान सिंहबाट सिक्नुपर्ने त्यागको भावना नसिकेकाले अहिले राजनीतिप्रति निरासा छाएको बताएका हुन् । सिंहले ६ दशक भन्दा बढी राजनीतिक आन्दोलनमा नागरिकलाई सार्वभौम सत्ता सम्पन्न गराउन खेलेको भूमिकाको  स्मरण गर्दै खेलमार्फत नयाँ पुस्तामा गणेशमान सिंहको व्यक्तित्व पुर्याउनु पर्ने बताए  ।

गणेशमान सिंहले उहाँको नेतृत्वमा प्रजातन्त्रको स्थापना भएसँगै राजाले प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा यो संघर्षमा म आफैं प्रधानमन्त्री बन्न होइन भनेर उहाँले अस्विकार गरेको स्मरण गर्दै ‘उहाँको मनसाय राजाले बनाएको प्रधानमन्त्री भन्दा पनि जनताले चुनेको नेताले नेतृत्व गर्छ भन्ने सन्देश दिनु नै महत्वपूर्ण उपलब्धि रहेको उनले बताए ।

समाज, राष्ट्र र प्रजातन्त्रको जगेर्नामा आर्दशको रुपमा स्थापित भएको र अहिलेको पदको लागि लुछाचुँडी गर्ने प्रवृत्ति बढिरहेको बेला  गणेशमान सिंह जस्तो त्यागी पुरुष पनि थिए है  भन्ने कुरा नयाँ पु्स्तासम्म पुर्याउनु जरुरी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।