अमेरिकाद्वारा फाइजरको एक लाख डोज खोप स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण



काठमाडौं । नेपाल सरकारलाई अमेरिकी सरकारले कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर’ प्रदान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेललाई अमेरिकी सहयोग नियोग नेपालका निर्देशक सेपिडे केभान्साडले हस्तान्तरण गरिन् । स्वास्थ्य सचिव डा. पोखरेलले खोपले कोरोना भाइरस नियन्त्रण र रोकथाम गर्न सरकारलाई सहयोग हुने बताए ।

उनले अमेरिकाले उपलब्ध गराएको खोप १२ वर्षभन्दामाथिका दीर्घरोगीलाई लगाइने जानकारी दिए । नियोगका नेपालस्थित निर्देशक केभान्साडले खोप नेपाललाई दिन पाएकामा खुसी व्यक्त गर्दै नेपाललाई भविष्यमा फाइजर खोपका लागि थप मात्रा प्राप्त गर्न सहज हुने बताइन् ।

नेपाललाई अमेरिकाले एक लाख ६२० मात्रा खोप उपलब्ध गराएको हो । उक्त खोप कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाले उपलब्ध गराएको हो । यसअघि अमेरिकाले नेपाललाई जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो ।

मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले फाइजर खोप १२ वर्षभन्दा माथिका मुटु, मिर्गौला, दम जस्ता दीर्घ रोगीलाई दिइने जानकारी दिए । उनका अनुसार उक्त खोप छठपछि देशका विभिन्न २३ अस्पतालबाट ती दीर्घरोगीलाई दिइनेछ ।

खोपलाई अहिले टेकुस्थित स्वास्थ्य सेवा विभागको भण्डारणमा राखिएको छ । उक्त खोप ८० डिग्री सेल्सियसमा राख्ने भए पनि एक महिनासम्म दुईदेखि आठ डिग्री सेल्सियसमा राख्न सकिने मन्त्रालयका प्रवक्ता डा पौडेलले जानकारी दिए । सरकारले बालबालिकालाई अमेरिकाबाट ६० लाख मात्रा फाइजर र ४० लाख मात्रा मोडर्ना खोप ल्याउने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुपारीको पातबाट बनेका थाल, बटुका युरोप निर्यात

२९ माघ, झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका

धनबहादुर वली लाओको राजदूत नियुक्त

काठमाडौं । थाइल्याण्डका लागि नेपालको आवासीय राजदूत धनबहादुर वलीलाई लाओको पनि जिम्मेवारी दिइएको

भ्रष्टाचार हुने देशको सूचीमा नेपाल ३४ अंकसहित १०७ औं स्थानमा, साउथ सुडान विश्वकै भ्रष्टाचार गर्ने मुलुक

काठमाडौं । नेपाल भ्रष्टाचारको सूचकांकमा एक स्थान खस्किएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार

एचपिभी खोपस्थलमा सावधानी अपनाउन प्रशासनको निर्देशन

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले किशोरीलाई महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘ह्युमन