अमेरिकाबाट आइपुग्यो फाइजरको खोप, १२ वर्षमाथिकालाई लगाइने


काठमाडौं । अमेरिकाले अनुदानमा उपलब्ध गराएको फाइजरको खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठनमार्फत उपलब्ध गराइएको एक लाख ६ सय २० डोज फाइजरको खोप सोमबार बिहान कतार एयरवेजको विमानमार्फत् काठमाडौं आइपुगेको हो ।

यसअघि अमेरिकाले जोनसनको १५ लाख भन्दा बढी डोज खोप अनुदानमा उपलब्ध गराएको थियो । एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्ने फाइजर खोप १२ वर्षमाथिका उमेर समूहलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।