बाढी पहिरो प्रभावितको खोज, उद्दार र राहतमा सेना परिचालन



काठमाडौं । नेपाली सेना केही दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा भएको बाढी/पहिराका घटनाबाट प्रभावित जनताको सहयोग, खोज, उद्धार र राहत कार्यमा परिचालित भएको छ ।

महाकाली नदीको बाढीका कारण भीमदत्त नगरापालिका–९ स्थित ब्रम्ह्देव इलाका डुबानमा फसेका पाँच जनालाई सेनाले हवाई उद्धार गरी सुरक्षित स्थानमा लगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सोही जिल्लाको दोधारा चाँदनी नगरपालिका–८, ९ र १० तथा भीमदत्त नगरपालिका–११ र १२ डुबानमा परेका स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सेनाले खाद्यान्नसहितको राहत उपलब्ध गराएको छ । कालिकोटको लालीघाट र जितेगडा बजारमा कर्णालीको बाढीले पसलमा क्षति पुुर्याएपछि सेनाको सहयोगमा पसलका सामग्री सुरक्षित स्थानमा राखिएको छ ।

महाबै गाउँपालिका–७ राम्नीमा पहिराबाट एक घर पुरिनका साथै ६० घरधुरीका जोखिममा रहेकाको उद्धारमा पनि सेना जुटेको छ । बझाङको जयपृथ्वी नगरपालिका–३ स्थित पणेश इलाकामा गएको पहिराबाट माछापोखरी तथा कुखुरा फार्म जोखिममा परेपछि त्यसलाई जोगाउन सेनाले सहयोग गरेको छ ।

डडेलधुराको अमरगढी नगरपालिका–१ भातकाडा इलाकामा पहिरोबाट घर पुरिँदा घाइते भएकालाई सेनाले अस्पताल पुर्याएको छ । कैलालीको टीकापुर नगरपालिका–५, ६, ७ र ८ तथा भजनी नगरपालिका र जोशीपुर गाउँपालिका डुबानको उच्च जोखिम देखिएपछि सेना त्यसको रोकथामका लागि खटिएको छ ।

बर्दियाको राजापुर नगरपालिका–१, २ र ३ का डुबान प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरणका साथै डोटीको दिपायल सिलगढी नगरपालिका–४, ५ र ६ का बाढी पहिरो प्रभावितलाई सेनाले खाद्यान्नसहित राहत उपलब्ध गराएको छ ।

सुनसरी इटहरी उपमहानगरपालिका, तरहरा, पानीपिया र मोरङको विराटनगर–५ हिरियाटोल डुबानमा परेकाको पनि सेनाले उद्धार गरेको छ । धनकुटाको चौबिसे गाउँपालिका–१मा पहिरामा घर परी बेपत्ता भएका चार जनामध्ये तीन जनाको सकुशल उद्धार गरेको र एक जनाको खोजी जारी जानकारी दिइएको छ ।

पाँचथरको फिदिम नगरपालिका–४ मा पहिरामा परी निधन भएका दुई जनाको शव निकाल्न पनि सेनाले सहयोग गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोटीमा यसवर्ष आठ करोडको सुन्तला उत्पादन

  डोटी । डोटी जिल्लामा एक वर्षको अवधिमा आठ करोडको सुन्तला उत्पादन भएको

सोलुखुम्बुमा आगलागी र हावाहुरीले २९ संरचनामा क्षति

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्ला केही दिनयता आगलागी तथा हावाहुरीले भौतिक संरचनामा

भारतमा भएको दुर्घटनामा महाकुम्भबाट फर्कँदै गरेका पाँच नेपालीको मृत्यु

जलेश्वर । भारत, उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्थान गरेर फर्किरहेका पाँच नेपालीको दुर्घटनामा परी

आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा

  चितवन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले