गगन थापा सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा निर्वाचित



काठमाडौं । विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा नेपालका सांसद गगनकुमार थापा निर्वाचित भएका छन् ।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोषसम्बन्धी अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा थापा सन् २०२१ देखि २०२३ का लागि निर्वाचित भएका हुन् ।

बोर्ड सदस्यका रुपमा उनले विश्वका १४० भन्दाबढी देशका सांसदसँगै समावेशी विकासका लागि काम गर्नेछन् । उनले यस अवसरलाई आफूले सिक्ने, सम्बन्ध विस्तार गर्ने र सक्दो योगदान गर्ने मौकाका रुपमा उपयोग गर्ने बताएका छन् ।

उनले सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको अग्रपङ्क्तिका लागि आफू निर्वाचित भएको खबरले उत्साहित बनाएको उल्लेख गरेका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार भई काठमाडौँको क्षेत्र नम्बर ४ बाट थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

थापा प्रतिनिधिसभाका लागि तेस्रो पटक सांसद हुन् । पहिलो पटक समानुपातिक प्रणालीमार्फत निर्वाचित भएका उनी बाँकी दुई पटक भने प्रत्यक्ष निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीआरआई परियोजनामा हामी स्पष्ट छौं, ऋण होइन, अनुदानः सभापति देउवा

जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत अनुदान सहयोग मात्रै

चीन भ्रमण भ्रमण देशको हितमा उपयोग गर्न प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणबारे पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुसँग

३२ हजार अमेरिकी डलर र १४ हजार युरोसहित मकवानपुरबाट तीन भारतीय पक्राउ

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चौकीटोलबाट प्रहरीले अवैध विदेशी मुद्रासहित

रुकुम पश्चिममा छोराले गरे बाबुको हत्या

रुकुम । रुकुम पश्चिममा छोराले आफ्नै बुबाको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट