भारतबाट अर्कोसाता ‘कोभिसिल्ड’को १० लाख डोज खोप आउने
काठमाडौँ । यसअघि खरिद गरेर भारतबाट ल्याउन बाँकी १० लाख डोज खोप अर्को साता आउने भएको छ । भारतीय राजदूत विनय मोहन क्वात्राले बुधबार परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गरी भारतले अर्को साता भित्रमा नेपाललाई खोप उपलब्ध गराउने जानकारी दिएका हुन् ।
सरकारले कोभिडविरुद्धको ‘कोभिसिल्ड’ खोप यसअघि नै खरी गरेपनि दोस्रो लहरको कोरोना संक्रमण बढेपछि भारतले खोप निर्यातमा रोक लगाएपछि नेपालले खरिद गरेको खोप पाउन सकेको थिएन । नेपालले भारतसँग २०७७ फागुनमा २० लाख डोज खोप खरिद गरेकोमा १० लाख त्यही महिना नेपाल आइपुगेको थियो । बाँकी १० लाख रोकिएको थियो ।
Hon. Minister for Foreign Affairs Dr. Narayan Khadka received in his office Ambassador of India @AmbVMKwatra.
Had fruitful discussion on all important aspects of #Nepal–#India bilateral relations, including the supply of COVISHIELD vaccines by next week.@PaudyalBR @sewa_lamsal pic.twitter.com/Zems2Pof1j— MOFA of Nepal 🇳🇵 (@MofaNepal) October 6, 2021