एनआरएनए अध्यक्षका लागि डा. बद्री केसीको उम्मेदवारी घोषणा



काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्ष पदका लागि डा बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन् । हाल एनआरएनएका उपाध्यक्ष रहेका डा केसीले मंगलबार पत्रकार सम्मेलन गरी आफ्नो प्यानलसहित उम्मेदवारी तथा निर्वाचन प्रतिबद्धता सार्जजनिक गरेका हुन् ।

रसियामा बसोबास गर्ने केसीले विभिन्न व्यवसायमा लगानी गरेका छन् । उनले यसअघि एनआरएनएको महासचिव, कोषाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

सङ्घको १०औँ विश्व सम्मेलन आगामी अक्टोबरको २३ देखि २५ सम्म काठमाडौँमा हुँदैछ । निर्वाचन समितिले अनलाइन माध्यमबाट विश्वभरबाट एकसाथ मतदान गराउने तयारी गरेको छ । यसअघि अध्यक्षको प्रत्यासीका रूपमा कुल आचार्य र रविना थापाले पनि छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरिसकेका छन् । यस पटकको एनआरएनए अध्यक्ष पदमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

उम्मेदवारी घोषणा गर्दै केसीले आफू एनआरएनएलाई साझा नेतृत्वका रूपमा अघि बढाउन सबै पक्षलाई समेट्ने गरी उम्मेदवारी घोषणा गरेको बताए ।

निर्वाचनका सन्दर्भमा आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै अध्यक्षका प्रत्यासी केसीले संस्थागत सुदृढीकरणका साथै वैदेशिक रोजगारीलाई सुरक्षित बनाएर नेपालमा लगानीको वातावरण बनाउन लागिपर्ने बताए । पर्यटन प्रवद्र्धनका साथै एनआरएनए नेपाल डेभलपमेन्ट फण्ड अघि बढाउने र संस्थाको पुनर्संरचना गर्ने उनको प्रतिबद्धता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो: तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास