गृह मन्त्रालयद्वारा चाडपर्वमा प्रदेशगत अनुगमन टोली गठन



काठमाडौं । गृह मन्त्रालयले चाडपर्वका समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउन सहसचिवको नेतृत्वमा प्रदेशगत अनुगमन टोली गठन गरेको छ ।

मन्त्रालयले चाडपर्वका समयमा अनुगमनलाई थप प्रभावकारी बनाइ सुरक्षा, आपूर्ति, बजार व्यवस्थापन, यातायातलगायत सेवालाई सुलभ तथा गुणस्तरीय बनाउने उद्देश्यले सातै प्रदेशमा अनुगमन गरी तत्काल देखिएका समस्या समाधानका गर्न सो टोली गठन गरेको हो ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले दसैँ, तिहार, छठ आदि चाडपर्व नजिकिँदै गएका सन्दर्भमा सुरक्षा, यातायात, आपूर्ति तथा बजार व्यवस्थापनलगायत सेवालाई शुलभ, गुणस्तरीय प्रभावकारी बनउनका लागि सम्बन्धिक निकायद्वारा देशभर अनुगमन भइरहेको बताए ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३२ तथा उपभोक्ता संरक्षण नियमावली, २०५६ को नियम १८ बमोजिम वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट अधिकार प्रत्यायोजन गरी सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बजार अनुगमन भइरहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाको जङ्गलमा डढेलो

पाल्पा ।पाल्पा  जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं

जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय

लुम्बिनीमा पाँच सय जनाको प्रबज्या कार्यक्रम सुरु

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा पाँच सय जनाको श्रामणेर (अल्पकालीन भिक्षु) प्रबज्या कार्यक्रम आजबाट

नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे चयन

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन