‘सङ्गठन सुदृढीकरणमा अवकाशप्राप्त प्रहरी महानिरीक्षकको भूमिका महत्वपूर्ण’



काठमाडौं । नेपाल प्रहरीको सङ्गठन सुदृढीकरणमा अवकाशप्राप्त प्रहरी महानिरीक्षकको भूमिका महत्वपूर्ण हुने बताइएको छ । ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापाक्षेत्री र अवकाश प्राप्त प्रहरी महानिरीक्षक तथा वरिष्ठ प्रहरी अधिकृतबीच शुक्रबार भएको अन्तरसंवादका वक्ताले सो विषय औँल्याएका हुन् ।

प्रहरी महानिरीक्षक क्षेत्रीले अवकाश प्राप्त अग्रज प्रहरी महानिरीक्षक सङ्गठन प्रमुखको रूपमा रहँदा सङ्गठनको हित एवं श्रीवृद्धिका लागि पुर्याएको योगदानको चर्चा गर्दै सङ्गठन सुदृढीकरणका लागि उनीहरूको योगदान महत्वपूर्ण हुने औँल्याए ।

उनले अवकाशप्राप्त प्रहरी महानिरीक्षकको अनुभव, राय, सुझाव एवं निर्देशन सङ्गठनको नीति निर्माण तथा सुदृढीकरणमा उपयोगी हुने विश्वाससमेत व्यक्त गरे । प्रहरी महानिरीक्षक थापाले सङ्गठनको प्रणालीगत विकासको लागि हाल विभिन्न कार्ययोजना तय गरी लागू गरिएको जानकारी गराए ।

अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहराले सङ्गठनको हितको लागि यस्ता अन्तरक्रिया जरुरी रहेको औँल्याउँदै प्रहरीले जनसहभागितामूलक कार्यक्रम अभिवृद्धि गर्नुपर्न सुझाव दिए ।

उनले प्रहरी कर्मचारीको मनोबल उच्च राख्न उनीहरूको वृत्तिविकास, हकहितका विषयमा सङ्गठन केन्द्रित हुनुपर्ने धारणा राखे । समारोहमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहरा, श्यामभक्त थापा, ओमबिक्रम राणा, हेमबहादुर गुरूङ, रमेशचन्द ठकुरी, रविन्द्रप्रताप शाह, कुबेरसिंह राना, उपेन्द्रकान्त अर्याल, सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाको जङ्गलमा डढेलो

पाल्पा ।पाल्पा  जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं

जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय

लुम्बिनीमा पाँच सय जनाको प्रबज्या कार्यक्रम सुरु

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा पाँच सय जनाको श्रामणेर (अल्पकालीन भिक्षु) प्रबज्या कार्यक्रम आजबाट

श्रममन्त्री भण्डारी र जापानी राजदूतबीच श्रम सम्झौताको कार्यान्वयनका विषयमा छलफल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि जापानी राजदूत