नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल अस्पताल भर्ना


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । ज्वरो र खोकीको समस्याका कारण अध्यक्ष नेपाल बुधबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको उनको निजी सचिवालयले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आराम सहित उपचार गर्नुपर्ने चिकित्सकहरुले सल्लाह दिएका छन् । अध्यक्ष नेपालको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न रहेको छ ।