काठमाडौँ । समाज कल्याण परिषद्का उपाध्यक्षसहित सातै पदाधिकारीले संयुक्त राजीनामा दिएका छन् । परिषद्का उपाध्यक्ष पद्मप्रसाद खतिवडा, सदस्य–सचिव पुस्कर खाती, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्यहरू नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रह्मध्वज गुरुङ, मणिराम बन्जाडे र सञ्जयकुमार साहले बिहीबारै राजीनामा दिएको परिषद्का उपसचिव दुर्गाप्रसाद भट्टराईले जानकारी दिए ।
उनीहरूलाई एक वर्षअघि तत्कालीन केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो । पदाधिकारीहरूले भने सरकारले राजनीतिक प्रतिशोध राखेर अप्रत्यक्ष रूपमा राजीनामाका लागि दबाब दिएको आरोप लगाएका छन् ।
उपाध्यक्ष खतिवडाले मन्त्री नभएको अवस्थामा प्रधानमन्त्री नै परिषद्को अध्यक्ष हुने र अध्यक्षबाटै वार्षिक नीति, कार्यक्रम तथा अन्य गतिविधिको स्वीकृति लिनुपर्ने भएकाले त्यस क्रममा राजनीतिक टसल परेपछि राजीनामा दिएको बताए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री परिषद्को अध्यक्ष हुने व्यवस्था छ ।

प्रतिक्रिया