यो सत्तागठबन्धन चुनावपछि पग्लिएर बिलाउँछः अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई फ्रिजभित्रको आइसको संज्ञा दिएका छन् । शनिबार नेपाल निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन आगामी निर्वाचनपछि बिलाएर जाने बताएका हुन् ।

उनले भने, यो जनताप्रति उत्तरदायी सरकार होइन । चुनाव भन्दा प्रतिगमन भनेर पाँच दल डराएको सुन्नु भयो होला नि ? १४ महिनापछि त देश चुनावमा जानैपर्छ । के यो प्रतिगमन हुन्छ त ? चुनाव नगराई उपाय छैन । १४ महिनामा चुनाव हुन्छ ती कता हराउँछन् कता बिलाउँछन् । यी फ्रिजमा बनाइएका डल्ला हुन् । त्यहाँबाट निकालेपछि पग्लेर हराउँछन् ।’

आफूले देशलाई चुनावमा लैजाने निर्णय सही रहेको पनि उनले जिकिर गरे । उनले वर्तमान सरकार परमादेशबाट बनेकाले जनताप्रति उत्तरदायी नभएको आरोप लगाए ।

उनले संसदको सवैभन्दा ठूलो पार्टीको सरकारलाई ढालेर अदालतबाट परमादेश लिएर सरकार गठन गरिएको भन्दै आपत्ति जनाए । उनले माधव नेपालको पार्टी अवैध भएको बताए ।

उनले भने,‘हामीले पार्टीबाट निकालेका १४ जना कारबाही नगरेर निर्वाचन आयोग र सभामुखले तमासा गरे ।’ उनले कर्मचारीलाई घुस खान्न भनेर प्रतिज्ञा गर्न र सेवाग्राहीलाई राम्रो सेवा दिन आग्रह गरे । त्यस्तै उनले सरकारलाई भ्रष्टाचार हुन नदिन खबरदारी गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजदूत अधिकारीद्वारा टर्कीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । टर्कीका लागि नेपालका गैरआवासीय राजदूत तापस अधिकारीले त्यहाँका राष्ट्रपति तैयप एर्दोगानसमक्ष

उदयपुरको रौतामा आगलागी, ५० लाखको क्षति

गाईघाट (उदयपुर) । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा दुई घर जलेका

स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।