चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप
काठमाडौं । चीनबाट खरिद गरिएको ४४ लाख डोज भेरोसेल खोप शुक्रबार दिउँसो नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको चार्टर्ड जहाजले शुक्रबार २ बजे खोप काठमाडौं ल्याएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् ।
सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो। जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ। खोप ल्याउन निगमको वाइडवडी ३३० जहाज बिहीवार बेइजिङ गएको थियो ।
पहिलोपटक एकै खेपमा यति धेरै खोप ल्याइएको हो । यसअघि एक भायलमा दुई डोज मात्र हुन्थ्यो जसले एक खेपमा ८ लाख भायल ल्याउने गरिएको थियो। अहिले चीनले एक भायलमा ५ डोजको खोप उत्पादन गर्छ । जसले गर्दा एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिएको हो ।