नेपाली सेनाले खुलायो जागिर, असोज ३१ सम्म दरखास्त दिन सकिने



काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि जागिर खुलाएको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले बिहीबार गोरखापत्रमा सूचना निकालेर चार सय ६२ जना माग गर्दै दरखास्त आह्वान गरेको छ।

खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त माग गरिएको छ । सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागेर सोही कारणबाट शारीरिक रूपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीलाई पनि खुलातर्फ बेग्लै आरक्षण सिटको व्यवस्थासहित सेनाले जागिर खुलाएको छ ।

समावेशीतर्फ महिला, आदिवासी जनजाती, मधेशी, दलित, पिछडिएको क्षेत्रका लागि पनि आरक्षण सिटसहित आवेदन माग गरिएको छ। सैनिक उपचारीका, अम मेडिकल, भेहिकल मेकानिक्स, अमल्दार कर्मचारी, पूजारी हुद्दालगायत विभिन्न पदमा सेनाले जागिर खुलाएको हो।

२२ जना पूजारीसमेत सेनाले माग गरेको छ । भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिन्छ भने नारायणहिटीस्थित नेपाल क्याभल्टी उत्तरतर्फको खेल मैदानमा दरखास्त फारम वितरण गरिने सूचनामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाल्पाको जङ्गलमा डढेलो

पाल्पा ।पाल्पा  जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं

जसपा नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय

लुम्बिनीमा पाँच सय जनाको प्रबज्या कार्यक्रम सुरु

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा पाँच सय जनाको श्रामणेर (अल्पकालीन भिक्षु) प्रबज्या कार्यक्रम आजबाट

श्रममन्त्री भण्डारी र जापानी राजदूतबीच श्रम सम्झौताको कार्यान्वयनका विषयमा छलफल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि जापानी राजदूत