प्रतिमान निमा स्मृति फाउण्डेशनद्वारा एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण



जनकपुरधाम । प्रतिमान निमा स्मृति फाउण्डेशनले कोरोना महामारी नियन्त्रण तथा रोकथामको लागि प्रदेश दुई सरकारलाई एक करोड मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

अमेरिकी गैर सरकारी संस्था होपको सहयोगमा फाउण्डेशनले उक्त सामग्री मुख्यमन्त्री लालबाबु राउतमार्फत सोमबार प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो ।

हस्तान्तरित सामग्रीहरुमा गाउन २४०० थान, फेस शिल्ड २३३२ थान, मास्क ८४०० थान, एन ९५ डिस्पोजेबल मास्क १८०० थान, डिजिटल थर्मोमिटर २० थान, प्रोटेक्टीभ फेस शिल्ड १८९० थान, पिपिई मेडियम २७६, पिपिई लार्ज २७६, इमरजेन्सी रिलिफ बेड ४ थान, ग्लोब्स एक लाख थान, केएन ९५ प्रोटेक्टीभ मास्क १५३६० थान रहेको छ ।

उक्त अवसरमा समाजिक विकास मन्त्री नवल किशोर साह, प्रमुख सचिव हरि प्रसाद मैनाली, स्वास्थ्य आपूर्ति निर्देशक डा. प्रमोद यादव सहितको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि

  काठमाडौँ ।  यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र

धनकुटाको कोसेली नरिवल बिस्कुट

धनकुटा । के तपाईँ धनकुटा पुग्नुभएको छ ? यदि पुग्नुभएको छ भने अवश्य