काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । आइतबारको बैठक दोस्रो बैठकमा पनि नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
पहिलो बैठक बसेर १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः सूरु भए लगत्तै बैठकमा एमाले सांसदले नाराबाजी गरेपछि बैठक स्थगित भएको हो । १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै उनीहरूले आज पनि नाराबाजी गरेका हुन् ।
यसअघि बैठक खुलाउन सभामुख अग्नि सापकोटाले संसद भवनमा एमालेका प्रतिनिधिसँग छलफल गरेका थिए । छलफलमा सभामुख सापकोटासँगै नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र एमालेका सांसद खगराज अधिकारी सहभागी थिए ।
त्यस्तै सरकारका तर्फबाट कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की बैठकमा सहभागी भएका सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।
प्रतिनिधि सभाको नवौं अधिवेशनको पहिलो बैठकबाट नै एमालेले अवरोध गर्दै आएको छ। एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले बैठकबाट निकाल्नु पर्ने अडान राख्दै आएको छ । सभामुखको पटक पटकको आग्रह पछि पनि एमाले सांसदहरू आफ्नो अडानबाट पछि नहटेपछि बैठक मंगलबासम्मका लागि स्थगित भएको हो।







प्रतिक्रिया