बीपी प्रतिष्ठानका अधिकांश माग पूरा भएकोले काममा फर्किन स्वास्थ्यकर्मीलाई मन्त्रालयको अनुरोध



काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीलाई अधिकांश माग पूरा भएको भन्दै सरकारले सेवा सुचारू गर्न अनुरोध गरेको छ ।

आइतबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी प्रतिष्ठानमा देखिएका विवाद समाधानका लागि आन्दोलनरत चिकित्सकका अधिकांश माग सम्बोधन भइसकेको जनाएको हो ।

यसअघि स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र प्रतिष्ठान शुद्धिकरण अभियान–२०७८ संयुक्त संघर्ष समितिबीच ६ बुँदे सहमति भएको थियो। तर, माग कार्यान्वयन नभएको भन्दै प्रतिष्ठानका स्वास्थ्यकर्मीले ओपिडी सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनरत चिकित्सकलाई सम्बोधन गर्दै समस्या समधान भएको र हुन बाँकी रहेका ८ बुँदा जारी गर्दै मन्त्रालयले आइतबार अब नियमित काममा फर्कन आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलन पक्षले उठान गरेका मागहरू धेरै हदसम्म सम्बोधन भइसकेका र कतिपय सम्बोधन कै रहेको छ। कोभिड–१९ संक्रमण महामारीको अवस्थामा बिरामी र विद्यार्थीलाई प्रत्यक्ष प्रभाव पार्ने एवम् स्वास्थ्य सेवा अवरुद्ध हुने खालका आन्दोलनको कार्यक्रम फिर्ता लिँदै काममा फर्किन अपिल गर्दछौं ।’

सहमति कार्यान्वयन गर्न २५ प्रतिशत सिनेटरले हस्ताक्षर गरि कुलपति समक्ष पेस गरिसकेको र चाडैं नै उपयुक्त समयमा प्रक्रिया अनुसार छानबिन गरि पदाधिकारी कारर्बाही गर्ने प्रयास सिनेटबाटै अघि बढाइने मन्त्रालयले जनाएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो: तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास