एमसीसी मुर्खता गरी पास गरे देशमा आन्दोलनको आगो लाग्छः प्रवक्ता प्रकाण्ड



काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले सरकारले संसद बोलाएर एमसीसी तत्काल पास गर्ने योजना बनाइरहेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले आफ्नो पार्टीले राष्ट्रिय र केन्द्रिकृत रुपमा नेतृत्व प्रदान गर्न एक हप्ते आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

उनले एमसीसीको विरोधमा भदौ २८ गते काठमाडौंमा वृहत प्रदर्शन गर्ने जानकारी दिए । उनले सरकारले राष्ट्रघाती एमसीसी पास गरेर कुनै मुर्खता नगरोस् भन्ने आफूहरुले चाहेको बताए ।

उनले तीन/चार वर्षअघि एमसीसीलाई सम्पन्न गर्ने उद्देश्यले अमेरिकी शासक वर्गले चलाएको कार्यक्रम भएको बताए । सबै नेपाली नागरिक यसविरुद्ध आन्दोलित भइरहेको बेलामा पनि सरकार यसलाई पास गराउनेतिर लाग्नु दुर्भाग्य भएको समेत बताए ।

उनले विभिन्न प्रपञ्च रचेर सरकारले एमसीसी पास गर्न लागेको भन्दै यो सम्झौता नेपाली जनता र नेपाल कम्युनिष्ट पार्टीलाई स्वीकार्य नहुने बताए । प्रवक्ता प्रकाण्डले सरकारले यदि मुर्खता नै गरिरहे देशमा आगो लाग्ने चेतावनी दिए ।

एमसीसी मुर्खता गरेर पनि पास गरे देश जल्ने र देशमा आन्दोलनको आगो लाग्ने बताउँदै प्रवक्ता प्रकाण्डले १० वर्ष युद्ध लडेका प्रचण्ड र राणाविरुद्धको आन्दोलनमा काँग्रेसले गर्नुपरेको बलिदानलाई सम्झन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिने

काठमाडौँ । आजदेखि काठमाडौंमा सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका

तेस्रो लगानी सम्मेलन आजदेखि, नौ खर्ब बराबरका १५१ परियोजना प्रस्तुत गरिने

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

इलाम-२ मा आइतबार बिहानदेखि मात्र मतगणना सुरु हुने

इलाम । इलाम क्षेत्र नम्बर–२ मा आइतबार बिहानदेखि मात्र मतगणना हुने भएको छ

बाग्लुङबाट पोखरा आउँदै गरेको बस भोटे क्याम्पमा दुर्घटना, १९ जना घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस शनिबार साँझ पोखरा महानगरपालिका–२५ हेम्जाको भोटे