गण्डकी विश्वविद्यालयको डिनमा डा. अधिकारी नियुक्त



गण्डकी । गण्डकी विश्वद्यिालयको डिनमा डा कपिल अधिकारी नियुक्त भएका छन् । विश्वविद्यालयद्वारा डिन नियुक्तिका लागि उपकुलपति प्रा डा नवराज देवकोटाको संयोजकत्वमा गठित समितिले डा अधिकारीलाई डिनमा नियुक्त गरेको हो ।

अमेरिकाबाट भौतिकशास्त्र विषयमा विद्यावारिधि हासिल गरेका डा अधिकारीले नियुक्तिसँगै शुक्रबार पदबहालीसमेत गरेका छन् । स्थापनाको दुई वर्ष पनि नपुग्दै विश्वविद्यालयका कुलपति, उपकुलपति, रजिष्ट्रार, केही प्रध्यापक र कर्मचारीसहित साइन्स एण्ड टेक्नोलोजी (विज्ञान तथा प्रविधि सङ्काय)को डिन पदमा राष्ट्रिय प्रतिस्पर्धाका आधारमा डा अधिकारीलाई छनोट गरिएको उपकुलपति देवकोटाले जानकारी दिए ।

उनका अनुसार डा अधिकारीको वैदेशिक अध्ययनको अनुभवले विश्वविद्यालयलाई अध्ययन–अध्ययापनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हलेसी तुवाचुङ नगरपालिकाद्वारा ‘प्रतीक चिह्न’ सार्वजनिक

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाको प्रतीक चिह्न (लोगो) सार्वजनिक गरिएको छ । नगरपालिकाभित्र

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको

सिस्नो र गुन्द्रुक ‘ब्राण्डिङ’ गर्दै बागलुङका महिला

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम धन्दामा

कागज उद्योगमा रमाउँदै भोजपुरका पासाङ

गोरखा । भोजपुरको सिलिचोङबाट रोजगारीका लागि ३५ वर्षअघि भौतारिएर हिँडेका पासाङ निमा शेर्पाले