पार्टीको महाधिवेशनमा प्रहरी प्रशासनको दुरुपयोग नगर्न देउवालाई पौडेल पक्षको आग्रह



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले वडा अधिवेशन र क्रियाशील सदस्यता वितरणलाई निष्पक्ष बनाउन पार्टी सभापति शेरबहादुर देउवको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार बिहान पौडेलसहित महामन्त्री डा. शशांक कोईराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा मिनेन्द्र रिजाल र जीवन परियार सहितको टोलीले देउवालाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।

पौडेलले भने, ‘पार्टी निर्वाचनलाई धाँधलीरहित र निश्पक्ष बनाउन सहयोग गर्नुहोस् ! मेरो नेतृत्वमा महामन्त्री डा. शशांक कोईराला, नेताहरु प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा मिनेन्द्र रिजाल र जीवन परियार सहितको टोलीले आज बिहान सभापति शेरबहादुर देउवालाई वालुवाटारमा भेट गर्यौं । सो अवसरमा पार्टीका कृयाशील सदस्यहरुको छानबिन निश्पक्ष र पारदर्शी ढंगले सम्पन्न होस् र पार्टीको महाधिवेशनमा राज्यको पुलीस र प्रशासनको दुरुपयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गरायौं ।’

कांग्रेसमा क्रियाशील सदस्यता विवादका कारण २० जिल्लाको वडा अधिवेशन प्रभावित भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण, दुई सहसचिवको सरुवा

काठमाडौँ । हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा, विज्ञान तथा