विवादित एमसीसी सम्झौता हुबहु पारित गर्ने तयारी आपत्तिजनकः विवेकशील साझा



काठमाडौं । विवेकशील साझा पार्टीले एमसीसी कम्प्याक्ट सम्झौताको आपत्तिजनक शर्तहरू संशोधन नगरी यथावत् संसद्बाट पारित गर्न सरकारले अन्तिम तयारी अघि बढाएकोप्रति पार्टीको ध्यानाकर्षण भएको बताएको छ ।

प्रवक्ता शरदराज पाठकले मंगलबार विज्ञप्ति जारी गरी एमसीसी सम्झौताका केही शर्तहरू अत्यन्त आपत्तिजनक एवं नेपालको राष्ट्रिय स्वाभिमान र हित प्रतिकुल रहेकाले संशोधनबिना नै पारित गर्न नहुने पार्टीको धारणा रहेको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘एमसीसी सम्झौताबारे आम नागरिकको तप्कासम्म धेरै नै संशय उत्पन्न भई गम्भीर प्रश्न उठेकाले तिनको निरूपण नगरी अघि बढ्नु घातक हुनेछ। कि त श्रीलङ्काको जस्तै नेपालमा पनि यो सम्झौता अध्ययन गरी सरकारलाई सुझाव दिन स्वतन्त्र विज्ञहरूको कार्यदल गठन गर्नु उपयुक्त हुन्छ, कि सम्झौता खारेज गर्नु नै उपयुक्त हुन्छ भन्ने विवेकशील साझा पार्टीको धारणा रहेको छ।’

नेपालको विकासमा वैदेशिक सहयोगको महत्वपूर्ण भूमिका रहने भएपनि त्यस्ता सहयोगको सम्झौतामा हाम्रो सार्वभौमसत्तामाथि हस्तक्षेप गर्ने एवं राष्ट्रिय हित र स्वाधीनता कमजोर बनाउने सर्त गाँसिएर आए त्यो कदापि स्वीकार्न नसकिने साझाले स्पष्ट पारेको छ।

‘एमसीसी इण्डो प्यासिफिक स्ट्रटेजी (आइपीएस)को अंग हो भनी अमेरिकी उच्च अधिकारीले नै अभिव्यक्ति दिएको परिप्रेक्ष्यमा अघिल्ला र वर्तमान सरकारले यसबारे सत्य तथ्य समयमै बाहिर ल्याउनुको सट्टा यसलाई अन्य विकास आयोजनाको जस्तै सामान्य अनुदान जसरी नै प्रस्तुत गर्नु आपत्तिजनक छ। सत्तामा रहँदा सम्झौता पारित गर्न लागि पर्ने र प्रतिपक्षमा हुँदा विरोध गर्ने दलहरूको रवैयाले पनि यसमा पर्याप्त संशय थपेको छ’ विज्ञप्तिमा उल्लेख छ।

सो सन्दर्भमा विदेशी सहयोगमा सञ्चालित परियोजनाबारे नकारात्मक टीकाटिप्पणी नगर्न भन्दै गृह मन्त्रालयले जारी गरेको चेतावनीयुक्त वक्तव्यको पनि विवेकशील साझाले भर्त्सना गरेको छ।

‘राजनीतिक दल, बुद्धिजीवी र वैदेशिक सहायताबारे जानकार विज्ञहरू बीच नै तीव्र विभाजन रहेको एमसीसी सम्झौता सरकारले जनआवाज नसुनी सत्ता समीकरणको बलमा हुबहु पारित गराउन लाग्यो भने हामी त्यसको विरुद्धमा कडा सङ्घर्षका कार्यक्रम गर्न बाध्य हुनेछौँ,’साझाले चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनगढी–स्याउले सडक खण्ड कालोपत्र सुरु

धनगढी । धनगढी–दिपायल द्रुत मार्गअन्तर्गत धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको

बेनी–बगरफाँट–बरङ्जा सडकको स्तरोन्नति सुरु

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा जोड्ने १० किलोमिटर कृषि सडकको स्तरोन्नतिको

देशभर वदली र वर्षाको सम्भावना

काठमाडौं । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय

मध्यपुर थिमिमा मनाइने भुईफसी जात्रा(फोटोफिचर)

हरेक वर्ष पापांकुश एकादशीका दिन मध्यपुर थिमिमा मनाइने भुईफसी (कुभिण्डो) जात्रासँगै खाःपिहावईगु जात्रा