काठमाडौं । सरकारले अमेरिकी सहयोग सम्बन्धी परियोजना (एमसीसी)लाई पास गर्ने तयारी गरेको भन्दै तीन विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । सोमबार अखिल क्रान्तिकारी, माधव नेपाल निकट अनेरास्ववियु र अखिल छैटौँले संयुक्त रूपमा विज्ञप्ति जारी गरी जबर्जस्ती तवरबाट एमसीसी पास गर्न खोजे कडा प्रतिकार गर्ने चेतावनी दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकी साम्राज्यवादी उद्देश्य पूरा गर्ने उद्देश्यले ल्याइएको एमसीसी परियोजनाले देशको सार्वभौमसत्तामाथि आँच पुग्नेछ भने असंलग्न परराष्ट्रनीतिलाई खण्डित गर्नेछ । जोर जबर्जस्तीपूर्ण ढंगले एमसीसी परियोजना अगाडि नबढाउन र त्यसरी अगाडि बढाइएमा कडा प्रतिकार गर्ने र संघर्षलाई अगाडि बढाउने चेतावनी दिन चाहन्छौँ ।’


प्रतिक्रिया