किन जाँदैछन् एकसाथ आठ पूर्वप्रधानसेनापति भारत भ्रमणमा ?



काठमाडौं । नेपाली सेनाले आठ पूर्वप्रधानसेनापतिलाई भारतीय सेनाका तर्फबाट गरिएको निमन्त्रणालाई दुई देशबीचको सैनिक घनिष्ट सम्बन्ध थप सुदृढ तुल्याउने अवसरकारुपमा लिन सकिने स्पष्ट पारेको छ ।

पूर्वप्रधानसेनापतिलाई भारतीय सेनाको निम्ताका सम्बन्धमा राखिएको जिज्ञासामा नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले विगतको अभ्यास र परम्परानुसार सैनिक कूटनीति सुदृढ गर्ने अवसरकारुपमा कार्यक्रममा सहभागी हुन उनीहरुलाई निमन्त्रणा प्राप्त भएको बताएका हुन् ।

उनले भने, “नेपाली सेनाले पनि विगतमा सेना दिवसका अवसरमा अवकाशप्राप्त भारतीय सेनाध्यक्षलाई निमन्त्रणा गरेकामा विशेष अतिथिकारुपमा भाग लिइ अवलोकन गर्नुभएको थियो, यो विगतको अभ्यास र परम्परा रही आएको छ । त्यसकै निरन्तरताकारुपमा उहाँहरुको निम्तालाई लिन सकिन्छ ।”

भारतीय सेनाका मानार्थ महारथी रहेका पूर्वप्रधानसेनापतिलाई भारतीय सेनाकातर्फबाट चिफ कन्क्लेभ सेमिनारका लागि निमन्त्रणा प्राप्त भएको पुष्टि गर्दै प्रवक्ता पौडेलले उनीहरु व्यक्तिगतरुपमा कार्यक्रममा सहभागी हुने जानकारी दिए ।

पूर्वप्रधानसेनापति धर्मपालबरसिंह थापा, प्रज्ज्वल शम्शेर राणा, प्यारजङ्ग थापा, रुक्माङ्गत कटवाल, छत्रमान गुरुङ, गौरव शमशेर राणा, राजेन्द्र थापा र पूर्णचन्द्र थापालाई भारतीय सेनाको दिल्लीमा हुने विशेष कार्यक्रममा सहभागी हुन निमन्त्रणा दिइएको हो ।

उनीहरुलाई प्राप्त भएको निमन्त्रणका विषयमा नेपाली सेनाले तालुक मन्त्रालयलाई जानकारी गराइसकेको छ । उक्त कार्यक्रममा सहभागी हुने क्रममा भारतीय सेनाको संस्थागत विकासबारे अध्यावधिका साथै आवश्यकताअनुसार सल्लाह सुझाव आदानप्रदान एवं केही अनौपचारिक विषयमा पनि छलफल हुनसक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उदयपुरमा अटो र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–९ स्थित मदन भण्डारी राजमार्गको राजावास खण्डमा शुक्रबार साँझ

आगलागीबाट नवलपरासीको सुस्तामा तीन जना घाइते

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–३ सेख्वानामा आगलागी हुँदा तीन जना घाइते भएका

रिंकु सदा मृत्यु प्रकरणका अभियुक्त सार्वजनिक

सिरहा ।  सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको सामूहिक बलात्कार तथा

मोरङमा एमालेको ओली समूहलाई पराजित गर्दै विद्या भण्डारी समूहको प्यानलै निर्वाचित

विराटनगर । नेकपा एमालेको १०औँ मोरङ जिल्ला अधिवेशनबाट संस्थापनइतर समूहको प्यानलै निर्वाचित भएको