प्रभुराम शर्मा प्रधानसेनापति नियुक्त



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई आउँदो २४ गतेबाट लागू हुनेगरी प्रधानसेनापतिमा नियुक्त गरेकी छन् ।

राष्ट्रपतिले शुक्रबार नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई प्रधान सेनापतिमा नियुक्त गरेकी हुन् । बलाधिकृत रथी शर्मा हाल सेनाको कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्दै आएका छन् ।

उनलाई भदौ २४ गतेबाट लागू हुने गरी राष्ट्रपति भण्डारीले नियुक्ति गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेमकिपाको अध्यक्षमा नारायणमान विजुक्छे चयन

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा नारायणमान विजुक्छे सर्वसम्मत चयन

बुधबार प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस हुने

काठमाडौँ । बुधबारका लागि बोलाइएको सङ्घीय संसद्, प्रतिनिधिसभामा सरकारले ल्याएको पाँच वटा अध्यादेश

श्रममन्त्री भण्डारी र जापानी राजदूतबीच श्रम सम्झौताको कार्यान्वयनका विषयमा छलफल

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपालका लागि जापानी राजदूत

परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपालीको ‘रेस्क्यु’ गर्ने जस्तो मात्र भयो : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयको धेरैजसो काम विदेशमा रहेका नेपाली