देशभरका एमाले कार्यकर्तालाई केपी ओली गुटबाट विद्रोह गर्न माधव नेपालको आह्वान



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेको दक्षिणपन्थी पथबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नु आफूहरुको बाध्यता भएको बताएका छन् ।

निर्वाचन आयोगमा पार्टी दर्ता भएको भोलिपल्ट बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अध्यक्ष नेपालले केपी ओलीले पार्टीलाई दक्षिणपन्थी पथमा लगेपछि, सबै मूल्यमान्यतालाई तिलान्जली दिएपछि, व्यक्तिवादी घोडामा सवार भई व्यक्तिगत कम्पनीमा ढालेपछि, क्रान्तिकारी योद्धालाई निस्कासन गरेपछि त्यसका विरुद्धमा विद्रोह गर्नुको विकल्प नभएको बताएका हुन् ।

उनले यसअघि पनि राजनीतिका प्रत्येक मोड र घुम्तीमा चुनौतिको सामना गर्दै आएको र ती बाधा अवरोध पन्छाउँदै शिखरमा पुगेको र फेरि पनि पुग्ने बताए ।

उनले क्रान्तिकारी सिद्धान्तमा दृढ रहेकाहरु नयाँ आन्दोलन सृजना गर्ने पवित्र उद्देश्य राखेर पार्टी गठन गर्न तिर जुट्ने भएकाले आफूहरु पनि नयाँ पार्टी गठनमा जुटेको बताए । उनले एमालेमा पीडित भएका हिमाल, पहाड र तराईका कार्यकर्ताहरुको ठूलो पंक्तिले केपी ओलीको समूहबाट विद्रोह गरेको भन्दै अरुलाई विद्रोह गर्न आह्वान गरे ।

उनले भने, ‘एमालेका प्रत्येक कमिटीका कार्यकर्तालाई केपी ओली गुटबाट छुटकारा पाउन आह्वान गर्छु । सरकार संचालनमा असफल, पार्टीलाई तहसनहस पार्न उद्दत रहेको, विभाजित हुँदा भोजभतेर गरेर खुसीयाली मनाउने, संसद पटक पटक विघटन गरी प्रतिगामी कदम चालेको, त्यस्तो व्यक्तिको भ्रमबाट मुक्त भएर नयाँ क्रान्तिधारमा समाहित हुन यहीँबाट आग्रह गर्दछु ।’

उनले विगतमा आफूलाई साथ दिएका स्थायी कमिटी सदस्यहरुले अहिले साथ नदिएकोमा कुनै गुनासो नरहेको बताए । उनले भने, ‘पार्टीमा विग्रह भएपछि २०७७ चैत चार र पाँच गते राष्ट्रिय कार्यकर्ता भेला गरेर विद्रोहको विगुल फुक्यौं । केही साथीहरु बीचमै थाक्नुभयो । बढ्न नसक्नेहरु बाटोमा छाडिन्छन् । कार्यकर्ता भेलाको भावनालाई आत्मसाथ गरेर अगाडि बढेका छौं । अहिले हाम्रो साथ छाडेका कामरेडहरु आफैं अघि सरेर दर्ता गरेको पार्टी अहिले पनि ज्यूँदै छ । अहिले केही सहयोद्धा छैनन् । हिजो पनि थिएनन् र अहिले पनि केही छैनन् । उहाँहरुप्रति कुनै गुनासो छैन । क्रान्तिकारी धारमा अगाडि बढ्नुपर्छ, जनताको चाहना कार्यकर्ताको भावना के हो बुझ्न सक्नुपर्छ । त्यो चेत र आँट राख्नुपर्छ । तर हामीहरु अगाडि बढेका छौं । पुरानो बाटो पछ्याउँदैनौ । अहिले परिस्थितिमा परिवर्तन भयो । हाम्रो मात्र नभई अरुलाई पनि आवश्यकता पर्यो । संवैधानिक र कानुनी अड्चन थियो र अहिले सहज भएकाले त्यो उकुसमुकुसबाट उम्किन सहज भयो र आन्दोलनको रक्षाका लागि नयाँ पार्टी गठन गर्यौं ।’

अब आफूहरु सरकारमा सहभागी हुने भन्दै अध्यक्ष नेपालले अब पाँच दलीय गठबन्धन अगाडि बढ्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्नातक छोरीबुहारीलाई सूर्योदय नगरपालिकामा सय दिनको रोजगारी

इलाम । इलामको सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले

कांग्रेसको सहकारी र आदिवासी विभागमा दश/दश सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी र आदिवासी जनजाति विभागमा सदस्यहरू

महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सवलीकरण होः प्रधानमन्त्री

  काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक

याकमार्फत यसरी गरिन्छ सामान ढुवानी(फोटोफिचर)

सगरमाथा क्षेत्रमा याकमार्फत विभिन्न सामग्री ढुवानी गरिँदै । उच्च हिमाली क्षेत्र भएकाले यस