नेकपा (एकीकृत समाजवादी)मा ५५ केन्द्रीय सदस्य र ३० सांसदले गरे हस्ताक्षर



काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) को दल दर्ताको सनाखत सकिएको छ । एमालेबाट अलग भएर नयाँ दल दर्ताका लागि निवेदन दिएपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले बुधबार सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।

त्यसक्रममा ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन् । पार्टी नेता मेटमणि चौधरीका अनुसार पछि थपिएका ४ सांसदबारे भने आयोगका पदाधिकारीसँग छलफल भइरहेको छ । चौधरीले चार महिनापछि आफूहरुको पार्टी मुलुकको ठूलो पार्टी बन्ने दाबी गरे । त्यसका लागि माओवादी केन्द्र, विप्लव नेतृत्वका नेकपालगायत सबै कम्युनिष्ट पार्टीबीच एकता हुने बताए । उनले केपी ओली रहुन्जेल नेकपा एमालेसँग भने एकता नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेस ‘अर्ली इलेक्सन’को पक्षमा छैनः पौडेल

गोदावरी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार पूर्ण कार्यकालसम्म चल्ने

कोरोना संक्रमणबाट ८ जनाको मृत्यु, ८१७ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको

यो पाँच दलीय गठबन्धन देशलाई अस्थीरतातर्फ धकेल्न बनाइएको होः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र उन्नतस्तरको एकता रहेको दावी

मुगु बस दुर्घटनाः मृतकका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

कर्णाली । कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्ले असोज २६ गते मुुगुमा भएको बस