नागरिकता विधेयक छिट्टै संसदबाट पारित गर्न एनआरएनद्वारा सरकारको ध्यानाकर्षण



काठमाडौं । गैरआवासीय नेपाली संघले दुई वर्षदेखि संसदमा विचाराधीन नागरिकता विधेयकलाई छिट्टै संसदबाट पारित गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

संघको प्रतिनिधिमण्डलले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग भेट गरी यसपटक पनि विधेयक पास नगरिकनै संसद अन्त्य भएपछि थप ढिलाई भएको भन्दै संघका अध्यक्ष कुमार पन्तले नागरिकता विधेयक संसदमै अड्किदा गैरआवासीय नेपाली ऐन संशोधनमा समेत प्रभावित बनेको बताए ।

अध्यक्ष पन्तले नेपाल सरकारको सहभागितासहित गैरआवासीय नेपालीले १० अर्बको लगानी भित्राउन सुरु गरिसकेको जानकारी समेत दिए । संघका नागरिकता निरन्तरता सम्बन्धि श्रोत व्यक्ति सरोज दाहालले यसमा भएका प्रगति र देखापरेका समस्याहरुबारे अवगत गराएका थिए ।

बैठकमा एनआरएन डेभलपमेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले गैरआवासीय नेपालीहरुको लगानीलाई प्रोत्साहन गर्दै लगानीका लागि देखापरेका समयाहरु छिट्टै सम्बोधन भएमा ५० अर्बसम्मको हुन सक्ने जानकारी गराउंदै त्यसका लागि आवश्यक नीतिगत सुधारका लागि पनि मन्त्री कार्कीसंग अनुरोध गरे ।

जवाफमा मन्त्री कार्कीले नागकिता विधेयकमा गैरआवासीय नेपालीको विषयमा कुनै समस्या नरहेको भन्दै अन्य मिल्न बाँकी असहमतिलाई टुंग्याएर छिट्टै विधेयक पास गर्ने प्रतिबद्धता जनाए । उनले संविधानमा व्यवस्था भए बमोजिम र आवश्यक परे नीतिगत सुधार गरेर गैरआवासीय नेपालीका माग सम्बोधनका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

छलफलमा महान्यायधिवक्ता खम्मबहादुर खातीले गैरआवासीय नेपालीहरुले नेपालका लागि गरेको योगदान सम्झेर पनि सरकारले उदारता देखाउनुपर्ने र असहमतिबीचको सहमति खोज्नुपर्ने बताए ।

यस्तै कानून न्याय तथा मानव अधिकार समितिका सदस्य लक्ष्मणलाल कर्णले नागरिकता विधेयकमा सहमति भइसकेका विषयमा राज्यले उदार नीति लिएर विदेशमा रहेका नेपालीको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे ।

यस्तै राष्ट्रिय सभाका सदस्य राधेश्याम अधिकारीले विदेशमा रहेका नेपालीका विषयमा राज्यले खुला नीति अवलम्बन गर्न नसके ब्रेन ड्रेन मात्रै नभई उनीहरुको नाममा नेपालमा भएका सम्पत्ति पनि विदेशिने खतरा बढेको तर्फ सचेत गराए । यस्तै कांग्रेस नेतृ पुष्पा भूसालले नेपालीलाई नेपाली भनेर चिनाउन कञ्जूस्यांई गर्न नहुने उल्लेख गरिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट