महन्थ ठाकुरको पार्टीको नाम ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल’ रहने



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएको महन्थ ठाकुर पक्षले पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी नेपाल प्रस्ताव गरेको छ ।

जसपा नेपालबाट अलग हुने निवेदन पेस गर्दा ठाकुर पक्षले निर्वाचन आयोगमा जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दाबी गरेको थियो । आफ्नो पार्टीसँग मिल्दोजुल्दो नाम नदिन यादव पक्षले निर्वाचन आयोगको ध्यानाकर्षण गराएपछि आयोगले अर्को नाम प्रस्ताव गर्न पत्र पठाएको थियो ।

निर्वाचन आयोगको पत्रअनुरूप ठाकुर पक्षले आफ्नो पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) राखेको छ । नेताहरू सुरेन्द्र झा र केशव झाले शुक्रबार निर्वाचन आयोग पुगेर नयाँ दलको नाम बुझाएको हो ।

नेता केशव झाका अनुसार अब दल दर्ताका लागि आयोगले निर्णय दिएपछि आधिकारिकता पाउने छ । पार्टीको अध्यक्षमा महन्थ ठाकुर र बरिष्ठ नेताहरूमा राजेन्द्र महतो र शरत्सिंह भण्डारी रहने निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्रीसमक्ष माडीवासीको गुनासो: तपाईंले चितवन छाडेपछि हाम्रो बिचल्ली भयो

काठमाडौँ । माडी नगरपालिकाको प्रतिनिधिमण्डलले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटर नगरपालिकाको विकास