धेरै संक्रमित रहेका १५/१६ जिल्लामा खोपलाई पहिलो प्राथमिकता दिइने



काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले हरेक दिन कोरोनाविरुद्धको दुई लाख खोप लगाउने योजना सार्वजनिक गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोप र नागरिकको जीवन रक्षालाई सरकारले प्राथमिकता दिएको भन्दै सरकारले अभियानको रुपमा दैनिक १ लाख देखि २ लाख खोप लगाउने कार्यक्रमको थालनी गरेको बताएका हुन् ।

उनले अघिल्लो सरकारको पालामा ९७ लाख डोज खोप प्राप्त भएको र ४२ लाखलाई खोप लगाइएको जानकारी दिए । उनले सरकारले खोप आयात बढाएको बताए ।

असोज मसान्तसम्म १ करोड ८ लाख खोप प्राप्त हुने सुनिश्चत भएको उनले जानकारी दिए। मन्त्री श्रेष्ठले ३३ प्रतिशत जनतालाई खोप लगाउने कार्यक्रम रहेको बताए । उमेर समूह र आर्थिक गतिविधि हुने ठाउँमा छुट्टै व्यवस्थापन गरेर खोप दिइने उनले बताए । धेरै संक्रमित रहेका १५/१६ जिल्लामा खोप पहिलो दिइने उनले बताए ।

आगामी दिनमा सरकारले निजी क्षेत्रसँगको साझेदारीबाट खोप कार्यक्रमलाई अघि वढाउने उनको भनाइ छ। निजी क्षेत्रका स्वास्थ्य क्षेत्रलाई नाफा भन्दा सेवामुखी बनाउन सरकारले पहल गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायली प्रधानमन्त्रीको चेतावनीः बन्धक रिहा नगरे आक्रमण सुरु गर्छौं

बीबीसी । इजरायलले शनिबारसम्म बन्धक रिहा नगरे हमासविरुद्ध आक्रमण सुरु गर्ने चेतावनी दिएको

‘महाकुम्भबाट नेपाल पनि हुनसक्छ लाभान्वित ’

कमलकुमार बस्नेत, प्रयागराज । यमुना र गङ्गा नदी मिसिएको दोभानमा स्नान गर्न पाउँदाको

पाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा रमाएका ‘सङ्घर्ष’

काठमाडौं । सङ्घर्ष विष्ट तीस वर्ष अघि पाइलट बन्नका लागि पढाइ गर्न अमेरिका