शिर निहुराएर कसैको टाङमुनि छिर्दैनौंः माधव नेपाल



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहंकारीहरुलाई माथ गरेर अगाडि बढ्ने बताएका छन् । मंगलबार काठमाडौमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता नेपालले शिर निहुराएर कसैको टाङमुनि नछिर्ने बताएका हुन् ।

उनले राजनीतिमा चुनौतिका पहाड आउन सक्ने भएकाले तिनलाई सामना गर्नुपर्ने बताए । ओलीतर्फ संकेत गर्दै उनले भने, ‘शिर निहुराउने छैनौ, कसैको टाङमुनि छिर्ने छैनौं । अहंकारीलाई माथ गरेरै अगाडि बढ्नेछौं । कायर र डरपोकको सम्मान हुँदैन । विनम्र भएर न्यायको बाटोमा निरन्तर रुपमा अगाडि बढ्नु पर्छ ।’

उनले बेइमानीले लाभ नगर्ने र  धोका कहिल्यै दिन नहुने बताए । उनले पार्टीले कारबाही गरेका कर्णालीका चार सांसदलाई चिन्ता नलिन आग्रह गरे । उनले भने, ‘तपाइँहरुको सदस्यता धरापमा  छ भने उपनिर्वाचनमा जिताएर ल्याउने जिम्मेवारी मेरो हुनेछ । तपाइँहरुले कुनै चिन्ता लिनु पर्दैन ।’

उनले पार्टीका नेता कार्यकर्तालाई न्यायपूर्ण समाज निर्माणमा लाग्न आग्रह गरे । उनले भने, ‘मनमोहन अधिकारीले भन्नुहुन्थ्यो यो संसारमा मलाई सबैले राम्रो भनिदिए हुन्थ्यो । असल मानिस हुन इमान्दारिता नै चाहिन्छ । मानव जीवननै अरुको सेवाका लागि हो । पवित्र राजनीति गर्नुपर्छ । कम्युनिष्टहरु न्यायपूर्ण समाज स्थापना गर्न चाहन्छौं । हो मनमोहनले भने जस्तै इमान्दारितालाई कसैले पनि छाड्नु हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डोल्पाको चरन क्षेत्रमा चौँरी

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका–४ नाम्दो थामवनको चरन क्षेत्रमा चर्दै गरेका चौँरीहरु । हिमाली क्षेत्रमा

दीर्घकालीन रणनीति सुधार्दै पर्यटन मन्त्रालयः भ्रमण दशक कार्यान्वयनदेखि द्विपक्षीय हवाई सेवा सम्झौतासम्म

सिबी अधिकारी, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका बद्रीप्रसाद

बैतडीमा जिप दुर्घटनाः दुई जनाको मृत्यु, चार घाइते

बैतडी । बैतडीको सिगास गाउँपालिका–१ माडौंमा शनिबार बिहान भएको जिप दुर्घटना गम्भीर घाइते

रोशी खोलाको नौ किलोमिटर सिमाङ्कन सकियो

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको भीषण बाढीपहिरोबाट प्रभावित काभ्रेपलाञ्चोकको पनौतीको खोलाको सिमाङ्कन