कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन



काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न निर्देशन दिएका छन् ।

प्राधिकरणको कार्यकारी निर्देशक पदमा घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री देउवाले ऊर्जा,जलस्रोत तथा सिचाइँमन्त्री पम्फा भुसाललाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

हाल प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य छन् । मंगलबार ऊर्जामन्त्री भुसालले प्रधानमन्त्री देउवालाई भेटेर शाक्यको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै प्रधानमन्त्री देउवालाई ब्रिफिङ गरेकी थिइन् । त्यसपछि देउवाले शाक्यलाई राजीनामा गर्न लगाएर घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका थिए ।

एक वर्षअघि कार्यकाल पुरा भएपछि तत्कालीन केपी ओली सरकारले शाक्यलाई प्राधिकरणको कार्यकारी बनाएको थियो । उनको काम सन्तोषजनक नभएको ठहर सहित देउवा सरकारले उनलाई हटाउने तयारी थालेको हो ।

दैनिक १४ घण्टे लोडसेडिङ अन्त्य गरेर जनतामाझ लोकप्रिय बनेका कुलमानले चार वर्षे अवधिमा लोडसेडिङ अन्त्य गर्नुका साथै प्राधिकरणको साख उचो पारेका थिए । तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रवन्ध निर्देशकको रुपमा घिसिङको प्रवेश भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काष्ठमण्डप पुनः निर्माणको ९६ प्रतिशत काम सकियो

काठमाडौं । ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण आगामी दशैँअघि नै सक्ने लक्ष्यका साथ काम अघि

परिवार नियोजन सङ्घद्वारा ‘आइभिएफ’ क्लिनिक सञ्चालनको तयारी

काठमाडौं । नेपाल परिवार नियोजन सङ्घले निः सन्तान दम्पतीका लागि ‘आइभिएफ’ क्लिनिक सञ्चालनमा

बँदेललाई थापेको विद्युतीय पासोमा परि बर्दियामा एकै परिवारका तीनको मृत्यु

बर्दिया । बँदेल मार्न राखेको विद्युतीय धरापमा परि बर्दियामा एकै परिवारका तीन जनाको

करिश्मालाई केपी ओलीको फोनः परीक्षा कस्तो भैरहेको छ ?

फोन आउँदा मेरो मोबाइल स्क्रिन मा केपी शर्मा ओली भन्ने आयो म छक्क