दार्चुला घटनाबारे छानबिन समितिले प्रतिवेदन बाहिर नल्याउँदासम्म सरकारले थप केही बोल्दैनः गृहमन्त्री



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले महाकालीको तुइनबाट दार्चुलाका जयसिंह धामी खसेर बेपत्ता भएको घटनाको प्रतिवेदन आएपछि सरकार आगामी कदम चाल्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा दार्चुला घटनाको सम्बन्धमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाँणले सरकारले अहिले सत्यतथ्यमा आधारित प्रतिवेदन पर्खिरहेको बताएका हुन् । उनले घटनाका सम्बन्धमा छानबिन समितिले दिएको प्रतिवदेनको आधारमा सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताए ।

उनले भने, ‘छानबिन समितिले घटनास्थलमै गएर छानबिन गर्नेछ । प्रत्यक्षदर्शीहरुको बयानलाई मूल आधार बनाएर छानबिन गर्नेछ । स्थानीय नागरिकसँग पनि बुझेर छानबिन समितिले सत्यतथ्यसहितको प्रतिवेदन ल्याउने छ । र प्रतिवेदनले दिएको निष्कर्षलाई सरकारले दृढताका साथ अघि बढाउनेछ । र जस्तोसुकै कदम चाल्न पनि सरकार तयार हुनेछ ।’

सरकारले घटना घटेलगत्तै मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय छानवीन समिति गठन गरेको थियो । गृहमन्त्री खाँणले छानबिन समितिले प्रतिवेदन बाहिर नल्याउँदासम्म सरकारले थप केही पनि बोल्न नमिल्ने स्पष्ट पारे ।

घटनामा भारतीय सीमा सुरक्षा बलको संलग्नता रहेकोबारे प्रमुख प्रतिपक्ष दल एमाले सांसद खगराज अधिकारीले गृहमन्त्री खाँणलाई प्रश्न गरेका थिए । उनले अपराधिक ढंगले धामी नदीमा बेपत्ता भएको घटनालाई सरकारले ढाकछाप गर्न खोजेको आरोप लगाउँदै आपत्ति जनाए ।

एमालेकै अर्का सांसद योगेशकुमार भट्टराईले गृहमन्त्री खाँणले नदीमा वेपत्ता भएका धामीको मृत्यु नै भएको भन्ने ढंगले संसदमा हल्का टिप्पणी गर्नु भएको भन्दै आक्रोश व्यक्त गरे ।

कांग्रेस सांसद गगनकुमार थापाले घटनाको सत्यतथ्य बाहिर ल्याउने गरी संसदलाई विश्वास दिलाउन गृहमन्त्री खाँणको ध्यानाकर्षण गराए । सरकारले घटनाको छानबिन गर्न गठित सहसचिव गौतम नेतृत्वको टोलीलाई १० दिनको समय दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
 पाँच वर्षमा सवारी दुर्घटनामा परी ११ हजार भन्दाबढीको मृत्यु

अच्युत रेग्मी, काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

  तनहुँ । तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका लागि

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

  काठमाडौँ ।  प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरमयुर गणना सुरु

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संकटापन्न खरमयुर गणना सुरु भएको छ। राष्ट्रिय निकुञ्ज